एसपी रिपोर्टर
जनकपुरधाम, असार २३ : केहि दिन एता मास्क नलगाएर बजारमा निस्कनेहरुलाई प्रहरीले कडाई गर्न थालेको छ । नेपाल सरकारले मास्क नलगाउनेलाई पक्राउ सम्म गर्न निर्देशन दिएपछि प्रहरीले कडाई गरेको छ । यसै क्रममा धनुषा चेम्वर अफ कर्मशले प्रहरीको सहयोगमा बिना मास्क लगाएर बजारको सडकहरुमा देखिएकाहरुलाई मास्क सहयोग गरि लगाउन आग्रह गरेको छ ।

साथै मास्क लगाए÷नलगाएको अवलोकन गर्न जनकपुरधाममो चौक चौकमा खटेको प्रहरीहरुलाई कर्मशका अध्यक्ष विजय प्रसाद साह, वरिष्ठ उपाध्यक्ष सरोज मिश्र लगायतले मास्क प्रदान गर्दै नलगाएकाहरुलाई मास्क उपलब्ध गराएका हुन । लकडाउन केहि सहज भएपछि जनकपुरधाम बजारमा चहलपहल बढेको तर मास्क समेत लगाउन छाडेपछि प्रहरी कडाई गर्न लागेको हो