एसपी रिपोर्टर
काठमाण्डौं, असार २१ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ । आज १० बजे दुवै अध्यक्षबीच छलफल हुने भनिएता पनि १२ः३० मा मात्रै सुरु भएको हो ।
छलफलमा ओली–प्रचण्डले यसअघि आफ्ना साक्षीमा एक–एक जना थप गरेका छन् । बालुवाटार स्रोतका अनुसार ओलीले यस अघिका विष्णु पौडेलसँगै शंकर पोखरेललाई साथमा राखेका छन् भने प्रचण्डले जनार्दन शर्मा प्रभाकरसँगै वर्षमान पुन अनन्तलाई पनि राखेका छन् ।
ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने भन्दै नेकपाका बहुमत नेताहरुको माग छ। भने ओलीले दुवै पदबाट राजीनामा नदिने अडान लिएका छन् । यही विवादका कारण नेकपा विवादीत बन्दै आएको आएको छ। दुई अध्यक्षबीचको आजको बैठक निर्णायक हुने नेताहरुको दाबी छ ।