FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

नेकपा फुटको संघारमा वार कि पारको लागि दुवै पक्ष तयारीमा

नेकपा फुटको संघारमा वार कि पारको लागि दुवै पक्ष तयारीमा

एसपी रिपोर्टर
काठमाण्डौं, असार २१ :
नेपाल कम्युनिस्ट पार्टी फुट्नबाट जोगिने एउटै उपाय बाँकी छ कि त प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने कि त उनको राजीनामा माग्नेहरुले राजीनामा नमाग्ने । तर, दुवै सम्भावना क्षीण रहेकाले नेकपा फुटको नजिक पुगेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारमा मन्त्रीहरुलाई बोलाएर कित्ताकाट गरेर आउन भनेका छन् । उनले पार्टी फुटबाट जोगाउने सम्भावना निकै कम रहेको भन्दै को कता लाग्ने हो स्पष्ट हुन भने । उनले कडा कदमको तयारीबारे समेत जानकारी गराए ।

ओलीले मन्त्रिहरुलाई ब्रिफिङ गर्नु अघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए । उनी बालुवाटारमा रहँदा खुमलटारस्थित प्रचण्डनिवासमा नेकपाको अर्को समुहको बैठक थियो । प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम बसेर रणनीति तय गर्दै थिए । उनीहरु कुनै हालतमा ओली हटाउने कदमबाट पछि नहट्ने अडानमा रहिरहने निष्कर्षमा पुगे ।

गएराति ओली समुहका नेताहरुले भैंसेपाटी पुगेर बामदेव गौतमलाई फकाउन खोजे । तर, उनी मानेनन् । बरु स्थायी कमिटी दुई दिन स्थगित गरेर छलफल गर्ने वातावरण बनाए । तर, आज ओली र प्रचण्डबीच छलफल भएन । बरु दुवै भावी रणनीति तयार गर्न सक्रिय भए ।

ओलीले कुनै हालतमा राजीनामा नदिने निश्चित भएपछि प्रचण्ड समुह पार्टीले निर्णय गरेर सरकारबाट फिर्ता बोलाउने तयारीमा पुगेको हो । अब बस्ने स्थायी कमिटी बैठकले यस्तो निर्णय गर्ने तयारी पुरा भएको छ । त्यही भेउ पाएर ओलीले स्थायी कमिटीलाई हुल्लडहरुको संगठन भनिदिए । उनले अब संसदीय दलबाट अगाडि बढ्ने संकेत गरे । सबैलाई कित्ताकाट गर्न भने ।

दुवै पक्षको टकरावका कारण अब नेकपा दुर्घटनाको नजिक पुगेको छ । अब कित्ताकाट हुँदा को कता लाग्लान् भन्ने चासोमा परेको छ । स्थायी कमिटीको कुल ४५ सदस्यमध्ये ३० जना प्रचण्ड, माधव, झलनाथ र बामदेव समुहका छन् । १३ जना ओली पक्षमा छन् भने दुईजना तटस्थ नै छन् ।

मन्त्रीहरुमा पनि अधिकांश ओली पक्षका छन् । अब मन्त्रीहरु जसले ओलीलाई समर्थन गर्दैनन् उसको राजीनामा मागिने तयारी बालुवाटारमा भएको छ । यसै पनि ती मन्त्रीहरु गोजीमा राजीनामा बोकेर हिंडिरहेका छन् ।

स्थायी कमिटिमा को कता

ओली पक्ष
१. केपी शर्मा ओली, अध्यक्ष
२. इश्वर पोखरेल, सचिवालय सदस्य
३. विष्णु पौडेल, महासचिव
४. सुवास नेम्वाङ
५. प्रदीप ज्ञवाली
६. पृथ्वी सुब्बा गुरुङ
७. शंकर पोखरेल
८. किरण गुरुङ
९. सत्यनारायण मण्डल
१०. छविलाल विश्वकर्मा
११. विष्णु रिमाल
१२. रघुवीर महासेठ
१३. लेखराज भट्ट

प्रचण्ड- माधव- झलनाथ-बामदेव पक्ष
१. पुष्पकमल दाहाल प्रचण्ड, अध्यक्ष
२. झलनाथ खनाल, वरिष्ठ नेता
३. माधवकुमार नेपाल, वरिष्ठ नेता
४. बामदेव गौतम, उपाध्यक्ष
५. नारायणकाजी श्रेष्ठ
६. रामबहादुर थापा बादल
७. भीम रावल
८. अष्टलक्ष्मी शाक्य
९. युवराज ज्ञवाली
१०. धनश्याम भुसाल
११. भीम आचार्य
१२. गोकर्ण बिष्ट
१३. सुरेन्द्र पाण्डे
१४. मुकुन्द न्यौपाने
१५. रघुजी पन्त
१६. वेदुराम भुसाल
१७. देव गुरुङ
१८. टोपबहादुर रायमाझी
१९. गिरिराजमणि पोखरेल
२०. हरिबोल गजुरेल
२१. वर्षमान पुन
२२. शक्ति बस्नेत
२३. जर्नादन शर्मा
२४. पम्फा भुसाल
२५. मात्रिका यादव
२६. गणेश शाह
२७. देवेन्द्र पौडेल
२८. चक्रपाणि खनाल
२९. लिलामणि पोखरेल
३०. मणि थापा

तटस्थ
१. योगेश भट्टराई
२. अग्निप्रसाद सापकोटा, सभामुख

आमन्त्रित सदस्यहरु
१.अमिक शेरचन
२. अमृतकुमार बोहरा
३. केशव बडाल
४. सोमनाथ प्यासी
५. डा. पुष्प कँडेल
६. पेशल खतिवडा

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव
एस.पी. खबर विशेष

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

14 hours ago
फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो
एस.पी. खबर विशेष

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

14 hours ago
म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव
एस.पी. खबर विशेष

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

16 hours ago
जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा
अपराध

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

2 days ago
बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो
एस.पी. खबर विशेष

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

2 days ago
मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?
एस.पी. खबर विशेष

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

2 days ago
राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी
एस.पी. खबर विशेष

राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी

2 days ago
भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री
एस.पी. खबर विशेष

भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री

2 days ago
मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत
एस.पी. खबर विशेष

मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत

3 days ago
लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……
एस.पी. खबर विशेष

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……

4 days ago

ताजा समाचार

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy