एसपी रिपोर्टर
जनकपुरधाम, असार २० : ढल्केवरवाट जनकपुरधाम प्रवेश गर्दा अव भब्य प्रवेशद्वार देखिने छ । ५७ फिट अग्लो र १ सय ५ फिट चौडाईको छ लेन सडक माथी भगवान श्री रामले धनुष उचालेको सो प्रवेशद्वार शहिद गेट भनेर चिनिने छ किनकी गेटको तिन मुख्य पिलर माथी तिनजना शहिदको प्रतिमा समेत रहने छ ।
यस्तो देखिने छ शहिदगेट
२०७२ सालमा संविधान जारी भएको विरोधमा भएको आन्दोलनमा धनुषाका युवाहरु संजय चौधरी, नितु यादव र दिलिप यादव प्रहरीको गोलीवाट मारिएपछि शहिद घोषणा गरिए । तिनजनै शहिदको अन्तेष्टी समेत गरिएको स्थलको छेउमा मुजेलिया स्थित छ लेन राजमार्गमै जनकपुरधाम उपमहानगरपालिकाले साढे ३ करोडको लागतमा सो भब्य शहिद गेट बनाउन लागेको हो ।

एक समारोहका बिच मेयर लाल किशोर साहले जसपाका नेताहरुको उपस्थितीमा सो शहिद गेट निर्माण कार्यको शिल्यानास गरेका छन् । मेयरमा जितेपछि सर्व प्रथम तिनैजना शहिद प्रति त्यहा पुगेर श्रद्धाञ्जली अर्पण गरि उपमहानगरपालिकाको पहिलो बैठकको निर्णयमा सो शहिदहरुको सम्मानमा शहिद गेट निर्माण गर्ने उल्लेख रहेकाले सो कामको शिल्यानाश गरिएको मेयर साहले बताए ।

उनले भने, ‘मैले जितेपछिको पहिलो वैठकको महत्वपुर्ण निर्णयमा नै रहेकाले यो काम गरेको छु, अगामि आर्थिक वर्षमा गेटको समुदघाटन समेत गर्नेछु ।’ भगवान श्री रामको प्रतिमा र शहिदहरुको उपस्थितीले यस प्रवेशद्वारलाई एतिहाँसिक र धार्मिक महत्वको समेत बनाउने उनको कथन छ । जसपाका सांसद परमेश्वर साहले शहिदहरुको सम्मानमा हुने यस्ता कार्य सराहनिय रहेको बताए । शहिदहरुको बलिदानी हामी कसरी भुल्ने ? साहले भने, ‘जनकपुरधाम उपमहानगरपालिकाले गरेको काम शहिदहरु प्रतिको सम्मान हो ।’

उपमेयर रिता झाले समेत आफुहरु शहिदहरुको बलिदानीको मुल्य कहिल्यै चुकाउन नसक्ने भन्दै सम्मानमा यो काम गर्न लागेको बताइन । शहिदगेटले जनकपुरधामको विशेषतामा थप विशेषण थप्ने र धार्मिक एतिहाँसिक तथा शहिदको स्मरण गराउने उनको कथन थियो । तत्कालिन समाजवादी तथा हाल जसपाका नेताहरु शेषनारायण यादव र पशुपती यादवले जनकपुरधाम उपमहानगरपालिकाको कामहरु मध्ये शहिद गेटको निर्माण र जनकपुरधाम नामाकंरण आफैमा गौरवशाली रहेको बताए ।
कार्यक्रममा शहिद परिवारका सदस्यहरुलाई सम्मान गरिएको थियो । उपस्थिती विभिन्न राजनितिक दलका अगुवा, वडा अध्यक्षहरु, समाजसेवी सहित शहिद परिवारजनले पनि राम्रो कामको शिल्यानास भएको भन्दै धन्यवाद सहित समयमै काम गर्न ठेकेदार कम्पनीलाई आग्रह गरेका छन् ।
तस्वीर र भिडियो : संजय साह