एसपी रिपोर्टर
जनकपुरधाम, असार १९ : देशमा भइरहेको चिनिया खेल र परराष्ट्रमन्त्रीको अभिव्यक्ति विरुद्व जनकपुरधाममा प्रदर्शन भएको छ । नेपालको गोरखा जिल्लाको रुई गाँउ चिनले कब्जा गरेको र त्यस सम्बन्धमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले दिएको अभिव्यक्ति आपतीजनक रहेको भन्दै राष्ट्रिय एकता अभियान नेपालले विरोध प्रदर्शन गरेका छन् ।
अभियानका मनिष कुमार पुर्वेले परराष्ट्रमन्त्री ज्ञवालीले सो गाँउका गाँउवासीहरु आफनो मर्जीले नै चिन तर्फ गएको भनि दिएको अभिव्यक्ती निच र घटिया रहेको भन्दै भने, ‘यस्तो पनि हुन्छ ? कोहि कसैले चाहदैमा कुनै भुगोललाई अर्को देशमा बिलिन गर्न मिल्छ ?’ उनीहरुले देशमा भारतको विरोध भइरहेको तर चिनिया हस्तक्षेप र विस्तारवादी कार्यको सरकारले नै समर्थन गरिरहेको देखिएकाले अव कडा विरोध गर्ने बताए । उनीहरु जनकपुरधामको विभिन्न चौक सहित जनकचौकमा सगरमाथा हाम्रो हो, परराष्टमन्त्रीलाई बर्खास्त गर सहितको नारावाजी र प्ले कार्ड प्रदर्शन गरेका थिए ।