एसपी रिपोर्टर
जनकपुरधाम, असार १९ : नागरिकता विद्ययेकको विरोधमा डा. सिके राउत नेतृत्वको जनमत पार्टी नेपालले शुक्रवार समेत जनकपुरधाममा प्रदर्शन गरेको छ । पार्टीको जिल्ला नेता कार्यक्रताहरु जनकपुरधाममा प्रदर्शन गर्दै प्रधानमन्त्री केपि शर्मा ओली, नेकपाका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालको पुत्ला दहन गरेका हुन ।

मधेशी महिलाहरुको भविष्य धरापमा पार्ने गरि नेकपा सरकारले सो विद्येयक ल्याएको भन्दै मधेशमा दैनिक जसो पार्टीले विरोध प्रदर्शनका कार्यक्रमहरु गर्दै आएका छन् । प्रर्दशनकारीहरु प्रधानमन्त्री ओली सहित नेकपाका नेता प्रचण्ड र नेपालको पुत्ला दहन गर्दै चर्को नारावाजी गरेका थिए । विद्येयक फिर्ता नभए कडा आन्दोलन गर्ने समेत उनीहरुको चेतावनी छ ।
यसरी जलाइयो पुत्ला