एसपी रिपोर्टर
जनकपुरधाम, असार १८ : जनकपुरधाम उपमहानगरपालिका बिन्धीमा पसलको छाना फोडेर चोरी गरिएको छ । उपमहानगरको वडा नं. २३ बिन्धी स्थित आरएन कोल्ड स्टोरमा गएराती ११ बजे पछि सो चोरी भएको हुन सक्ने पसल धनी रोशन चौधरीका अनुसार करिव ९ लाख बराबरको चोरी भएको छ ।

राती ९ः३० बजे तिर पसल बन्द गरेर गएको बताउदै चौधरीले छिमेकीका अनुसार राती ११ बजेको समयमा एकजना रक्सी लिन आएको तर छिमेकीले उनलाई बिना रक्सी पठाइदिएको थियो । त्यसपछि कसैले केहि थाहा नपाएको उनको भनाई छ । पसलको छानामा ठुलो प्वाल बनाएर फाडेर कोल्ड स्टोरको सर समानहरु चोरी भएको छ ।
