पुरन रौनियार
जनकपुरधाम, असार १८ : राष्ट्रपतिले एकाएक संसद अधिवेशन अन्त्य गरेपछि प्रदेश २ को मिश्रित प्रतिक्रिया आएको छ । प्रदेश २ का अगुवा नेताहरु एका तर्फ अधिवेशन स्थगित संगै नागरिकता विद्येयक विरुद्वको मधेशको असन्तुष्टि तत्काल शान्त हुनेलाई सुखद पक्ष बताउछन् भने नेकपाको आन्तिर द्वन्द्वका कारण यि सवै भइरहेको भन्दै देश पार्टीको अनिर्णयको बन्दी बनिरहेको प्रति आक्रोस व्यतm गर्छन् ।
देशको मुख्य प्रतिपक्षी तथा प्रदेश २ को प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता राम सरोज यादवले अधिवेशन अन्त्य संगै मधेश विरुद्वको नागरिकता विद्येयको सम्भावना तत्काल टरेकाले यसलाई सकारात्मक रुपमा लिएका छन् तर कुनै पार्टीको आन्तिरक द्वन्द्वको कारण सार्वभौम संसद प्रभावित हुनु दुःखद रहेको उनको तर्क छ । सभामुखलाई समेत जानकारी नदिई छापामार शैलीमा संसद अन्त्य हुनुमा राष्ट्रपतिको भुमिका पनि शंकाष्पद देखिएको उनको जिकिर छ ।
मधेशवादी दलहरुको आफनै तर्क छ । उनीहरुले पनि नागरिकता विद्ययेक पास हुने सम्भावना तत्काल टरेको मात्र भन्दै षडयन्त्र हुने सम्भावना भने जिवित रहेको बताउछन् । जसपाका नेता प्रदेश २ का भौतीक पुर्वाधार मन्त्री जितेन्द्र सोनलले कुनै पार्टी विशेषको नेताहरुको आन्तिरक द्वन्द्वका कारण देश नै प्रभावित हुने घटनाहरु ह्ुनु देशकै लागि चिन्ताको विषय रहेको बताउछन् । यस्ले देश गम्भिर दुर्घटनामा पर्न सक्ने सम्भावना दर्शाउदै छ, सोनलले भने, ‘सत्ता र पद जोगाउन तथा आफनो बर्चश्व कायम गर्न केहि नेताहरु देशलाई अनिर्णयको बन्दी बनाइरहेका छन् ।’
नेकपाका नेताहरु कोहि मौन छन भने कतिपयले मोबाइल नै बन्द गरिरहेका छन् । प्रदेश २ नेकपाका नेता सत्यनारायण मण्डलको मोबाइल स्वीच अफ सुनियो भने प्रदेश २ अध्यक्ष प्रभु साहले हिमालय टाइम्ससंग कुरा गर्न मानेनन । तर पनि मधेशका दोस्रो तप्काका नेताहरु पार्टीमा गम्भिर संकटको सन्देह प्रकट गरिरहेका छन् । उनीहरु पार्टीमा विधान र कानुन भन्दा पनि व्यक्ति हावी हुन चाहेकाले पार्टीलाई समस्या हुने चिन्ता व्यक्त गरिरहेका छन् ।