एसपी रिपोर्टर
जनकपुरधाम, असार १८ : उपचारको अभावमा मुत्यु भएको राजु सदालाई न्याय माग्दै जनकपुरधाममा निकालिएको दलितहरुको जुलुस माथी प्रहरी हस्तक्षेप छ गरेको छ । प्रहरीले छ राउण्ड आँश्रु ग्यास प्रहार गरेको छ । झडपको स्थिती श्रृजना भएको र अवस्था तनावग्रस्त रहेको साथै केहि राउन्ड हवाय फायर समेत गरिएको छ । ।

प्रहरी हिरासत भित्रै झुन्डिएको अवस्थामा मृत भेटिएका शम्भु सदाको गाँउ र राजुको गाँउवाट पनि संयुक्त रुपमा न्याय माग्दै आएका दलितहरुको विरोध मुख्यमन्त्री कार्यलय तर्फ आगाडि बढन थालेपछि प्रहरीले हस्तक्षेप गरेका हुन । जनकचौक देखि मिल्स एरिया सम्मको क्षेत्रमा तनाव उत्पन्न भएको छ ।

प्रहरीले जुलुस अगाडि नबढाउन चेतावनी दिएको तर जुलुसमा सहभागि बाक्लो भिड नमानेपछि झडपको स्थित सृजना भएको थियो । भिडलाई नियन्त्रण गर्न प्रहरीले छ राराउण्ड आँश्रु ग्यास प्रहार प्रहार गरेपछि भिड तितरवितिर भएको छ । आक्रोसित प्रदर्शनकारीहरु पुनः जम्मा भएर प्रदर्शनको तयारी गरिरहेका छन् ।