FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

प्रतिपक्षीलाई प्रमुख अतिथि बनाएर शहिदनगरको नगरसभा सर्वसम्मत सम्पन्न

प्रतिपक्षीलाई प्रमुख अतिथि बनाएर शहिदनगरको नगरसभा सर्वसम्मत सम्पन्न

एसपी रिपोर्टर
जनकपुरधाम, असार १५ :
राष्ट्रिय गौरवको योजनाहरु समेत ल्याएर मधेशमै चर्चामा रहेको धनुषाको शहिदनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷७८ को लागि ५४ करोड भन्दा बढी बजेट विनियोजन गरेको छ । आज (सोमबार) सम्पन्न भएको नगरसभाबाट ५४ करोड ७७ लाख १६ हजार ५ सय ८० रुपैयाँको बजेट अनुमान गरिएको हो । जसमा राजस्व बाँडफाँड तर्फ ९ करोड ४७ लाख ३३ हजार ५ सय ८० रहेको छ । यसका साथै, यसपाली कोभिड–१९ को कारण प्रभावित भएका विपन्न समुदायलाई, विपन्न परिवार र व्यक्तिलाई श्रममूलक योजनाहरु लगाएर प्रत्यक्ष रोजागरी सृजना गरिने जनाइएको छ ।

लकडाउन र कोभिडका कारण प्रभावित गर्भवति महिला, अपाँग, बालबालिकाहरुलाई केन्द्रीत गरी विशेष राहत प्याकेजको कार्यक्रमलाई मूर्तरुप दिइने नगर प्रमुख उदय यादव बरबरियाले बताए । बरबरियाका अनुसार, कोभिड सम्बन्धी समेचतात्मक कार्यक्रम, जनचेतनामूलक कार्यक्रमहरु सँचालन गरी क्षमता अभिवृद्धिको तालिमहरु सँचालन गरिने छ ।

कोभिड १९ कारण डिप्रेषण, तनावमा रहेका लक्षित वर्गहरुलाई मनो परामर्श सेवाको पनि सुविधा यसै वर्षदेखि सँचालन गरिने जनाईएको छ । यसपालीको बजेटमा शिक्षा र कृषि आधुनिकीकरणमा विशेष जोड दिइएको छ । आउँदो आर्थिक वर्षमा नगरभरिको विद्यालयहरुलाई डिजिटल प्रविधिमा लैजाने योजना अघि सारिएको हो । यस्तै, कृषि क्षेत्रलाई पनि आधुनिकीकरणलाई प्राथमिकीकरण गरिएको हो ।

मेयर उदय कुमार बरबरिया (यादव) को अध्यक्षता एवं मेयरका प्रत्यासी तथा नेपाली काँग्रेसका नेता देबेन्द्र भर्खेरको प्रमुख आतिथ्यमा सौहार्दपुर्ण वातावरणमा सम्पन्न भएको नगरसभाबाट विद्यालयलाई डिजिटलाईज गर्ने बताइएको छ । सो क्रममा नगरभित्रको समुदायिक विद्यालयहरुमा डिजिटल हाजिरी सहित एप्स मार्फत डाटाहरु सँकलन गर्ने र अध्ययन अध्ययापनको अन्य क्रियाकलापहरु गरिने जनाइएको छ ।

विद्यालयलाई डिजिटलाईज गर्नुका साथै इच वन टिच वन को माध्यमबाट साक्षरता अभियान चलाइने भएको छ । समाजिक विकास तर्फ फोहोर व्यवस्थापन र सरसफाईलाई दोस्रो प्राथमिकतामा राखिएको नगर प्रमुख उदय कुमार बरबरियाले जानकार दिए । उनका अनुसार, फोहोर फाल्नेलाई टिप्न लगाउने अभियान समेत नगरमा सँचालन गरिने छ ।

यसका साथै, लैँगिक समानता, खेलकूद, स्वास्थ्य र आयूर्वेद, खानेपानी तथा सरसफाई, साँस्कृतिक प्रवद्र्धन, पूर्वाधार विकास, महिला तथा बालबालिका विकास, भवन तथा सहरी विकास, पर्यटन, सहकारी, वितिय क्षेत्र, उर्जा लघु तथा साना जलविद्युत, सँचार सेवा, वातावरण तथा व्यवस्थापन, कृषि तथा पशुसेवा लगायतको सर्वागिँन क्षेत्रलाई समेटेर समृद्ध शहिदनगरको परिकल्पनालाई साकार पारिने जनाइएको छ ।

राष्ट्रिय गौरवको योजनाको रुपमा चालु आर्थिक वर्षमै ल्याइएको शहिद सूर्यनाथ रान प्रादेशिक स्टेडियम र शहिद कामेश्वर कुशेश्वर सुविधा सम्पन्न बस स्टैण्डको योजनालाई संघ र प्रदेश सरकारसँग समन्वय गरी सम्पन्न गरिने लक्ष्य लिइएको हो । मेयर बरबरियाले यतिको सौहार्दपूर्ण वातावरणमा नगर सभा सम्पन्न गराइदिएकोमा सम्पूर्ण पक्षमा आभार प्रकट गरे । नगरसभामा नगरपालिकाका सम्पूर्ण कर्मचारी, नगरभित्रका सम्पूर्ण जनप्रतिनीधि, विभिन्न राजनीतिक दलका नेताहरु, अगुवा, समाजसेवीहरुको पनि उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो
एस.पी. खबर विशेष

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

6 hours ago
पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण
मधेश प्रदेश

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

6 hours ago
रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९
एस.पी. खबर विशेष

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

9 hours ago
गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ
अन्य

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

11 hours ago
धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा
एस.पी. खबर विशेष

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

1 day ago
बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम
अन्य

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

1 day ago
मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन
एस.पी. खबर विशेष

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

1 day ago
‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने
मधेश प्रदेश

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

1 day ago
नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण
आर्थिक

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

1 day ago
मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव
एस.पी. खबर विशेष

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

1 day ago

ताजा समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy