एसपी रिपोर्टर
जनकपुरधाम, असार १५ : नागरिकता विधेयक खारेज गर्नुपर्ने माग गर्दै नेपाली कांग्रेस धनुषाले विरोध प्रदर्शन गरेको छ । नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल सहितको सहभागितामा कांग्रेस धनुषाका नेता कार्यक्रताहरु जनकपुरधाममा विरोध प्रदर्शन गरेको छ । पार्टी कार्यालय धनुषावाट निक्लेको विरोध जुलुस नगरको विभिन्न भागको परिक्रमा गर्दै विद्ययेक खारेजको मांग गरेको हो ।
नेपाली पुरुषसँग विवाह गरी आउने बुहारीलाई ७ वर्ष पछि मात्र अंगिकृत नागरिकता दिने नेकपाको निर्णय र नागरिकता ऐन संशोधन विधेयकमा थप्न लागको सो प्रस्ताव खारेज गर्न उनीहरुले माग गरेका छन् । प्रदर्शनमा सहभागी तरुण दल र नेविसंघका नेता कार्यकर्ताहरुले ‘नागरिकता विधेयक खारेज गर’,‘केपी ओली सरकार राजनीमा दे’, आफ्नो घर परिवार छाडेर, नातागोता तोडेर आएकी महिला दासी होइनन्, महिलामाथि गर्न लागिएको विभेद अन्त्य गर लगायतका नारावाजी गरेका थिए ।
कांग्रेसमै पनि नागरिकता विद्ययेक सन्दर्भमा पार्टी सभापति शेर बहादुर देउवा र उपसभापति विमलेन्द्र निधी बिच खटपट भइरहेको समाचार बाहिर आइरहेका वेला तराई मधेशमा कांग्रेसले विरोधका कार्यक्रमहरु बाक्लो पार्दै गएका छन् । कांग्रेसका भातृ संगठनहरु पनि दैनिक जसो विरोधका गतिविधीहरु गर्ने गरेका छन् ।