एसपी रिपोर्टर
जनकपुरधाम, असार १२ : नागरिकता विधेयक खारेज गर्नुपर्ने माग गर्दै नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल धनुषाले जनकपुरधाममा विरोध प्रदर्शन गरेको छ । जनकपुरधामको रामानन्दचोक स्थित रामानन्द पार्क अगाडि उनीहरु प्रदर्शन गरेका हुन ।

नेपाली पुरुषसँग विवाह गरी आउने बुहारीलाई ७ वर्ष पछि मात्र अंगिकृत नागरिकता दिने नेकपाको निर्णय र नागरिकता ऐन संशोधन विधेयकमा थप्न लागको सो प्रस्ताव खारेज गर्न उनीहरुले माग गरेका छन् । नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलका नेता कार्यकर्ताहरुले विधेयकप्रति असहमति जनाउँदै स्थानीय रामानन्दचोकमा शुक्रबार प्रदर्शन गर्दै आधा घण्टा चक्काजाम समेत गरेका थिए ।

प्रदर्शनमा सहभागी तरुण दल र नेविसंघका नेता कार्यकर्ताहरुले ‘नागरिकता विधेयक खारेज गर’,‘केपी ओली सरकार राजनीमा दे’, आफ्नो घर परिवार छाडेर, नातागोता तोडेर आएकी महिला दासी होइनन्, महिलामाथि गर्न लागिएको विभेद अन्त्य गर लगायतका नारावाजी गरेका थिए ।

नेविसंघ राराब क्याम्पसका इकाई सभापति सुजित यादवको नेतृत्वमा आयोजित विरोध प्रदर्शनमा नेपाल तरुण दल धनुषाका अध्यक्ष संजय लाभ कर्ण, उपाध्यक्ष राकेश बिक्रम साह, कोषाध्यक्ष अन्जनी झा, क्षेत्रीय अध्यक्ष विनय यादव, दिनेश नायक, पंकज महतो, राहुल मिश्रा, डा.राजु साह, रबि साह, बलराम गुप्ता, प्रनव झा, प्रदिप बस्नेत, बिजय महता, बलराम साह, नेविसंघका नेता संजिप यादव,कपिलदेव यादव,सुजित मिश्रा,आशुतोष नवीन झा,उदित मिश्रा,सुनिल सुमन,मनिष यादव,इन्द्रजित गोइत,ज्ञानेन्द्र मिश्रा लगायतको सहभागिता रहेको थियो ।
