FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

राजु परिवारलाई पनि राहत भन्दै पाँच लाख, के यहि समाधान हो त सरकार ?

कोरोनाको कहर, उपचार बिना छटपटिएर दम तोडे दलित किशोर (दर्दनाक भिडियो सहित)

एसपी रिपोर्टर
जनकपुरधाम, असार १२ :
भारतवाट फर्किएका हँसपुर नगरपालिका वडा नं. ७ नौवाखोर पर्साहीका १६ वर्षिय राजु सदा झाडा पाखाला र बान्ताको ओषधी नपाएर १७ दिन सम्म छटपटिएर प्राण त्यागेको घटना आफनैमा अकल्पनिय र दयनिय छ । सो घटनामा समाजिक विकास मन्त्रीकै राजिनामा मांग भएपछि प्रदेश २ सरकारले तत्काल पाँचलाख राहतको घोषणा गरेका छन् ।

यो दृश्य जनकपुरधाम स्थित प्रादेशिक अस्पतालको प्रि आइशोलेसन कक्षमा छटपटाइरहेका कोरोना शंकाष्पद किशोर विरामी राजु सदाको हो । भारतको मदरासमा होटलमा प्लेट माझने काम खोसिएपछि करिव आठ दिनको पैदल र टिपर तथा ट्रकको साहारामा जटही आइपुगेका धनुषा हँसपुर नगरपालिकाको वडा नं. ७ निवासी आशे सदाका १६ वर्षिय छोरा राजुलाई झाडा पाखाला र बान्ता आउने समस्या थियो । उनलाई सोहि वडा स्थितको क्वारेन्टाइनमा १७ दिन सम्म राखियो तर उपचार गरिएन ।

जव उस्को हातल बेहालत भयो अनि जनकपुरधाम स्थित प्रि आइशोलेसन वाडमा पठाइयो । उनीसंगै भारतवाटै आएका उनकै वडाका अरुण सदा र सिरहाका विकास पासवानलाई पनि राखियो । उनीहरुका अनुसार जिवन जल मात्र पनि समयमा पाइएको भए राजु बाच्ने सम्भावना थियो । उनलाई कोरोनाको यकिन समेत भएको थिएन तर लगातारको झाडापाखाला र बान्ताले उनी कमजोर भइसकेका थिए । तर प्रि आइशोलेसनमा समेत उनका लागि उपचारको नाममा बेड र ओछयान वाहेक केहि भेटेन । एक त भारतवाट आएका, दोस्रो झाडापाखालाले सिकित्स र तेस्रो दलित तथा निमुखा उपचारको अभावमा उनले आइशोलेसनमै दम तोडे ।

राजुको परिवार तथा दलित अगुवाहरु भारतवाट ठुलवडा भनिनेहरु अहिले पनि सिडिओहरुको पावरको वलमा आएर घर घर मै बसिरहेको दावी गर्दै निमुख्खालाई क्वारेन्टाइनमा अभावका बिच मार्ने काम भएको अरोप लगाइरहेका छन् । राजुसंगै क्वारेन्टाइनमा रहेका उनका काकाको छोरा अरुणको अनुसार उनलाई कुनै पनि डाक्टरले उपचार गरेको छैन ।

मृतक राजुकी आमा निलम देवी सदा छिनछिनमै बेहोस हुन्छिन । यस घटना पछि जनकपुरधाममा अस्पतालको रवैया विरुद्व प्रदर्शन गर्दै समाजिक विकास मन्त्रीको राजिनामा मांग समेत हुन थालेकाले उनीहरुको यस पिडामा प्रदेश २ सरकारले शुक्रवार पाँचलाख राहतको घोषणा गरेको छ । मृतकप्रति श्रद्धाञ्जली र पिडितप्रति समवेदना सहित आन्तिरक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले एक विज्ञप्ती जारी गर्दै घटना प्रती दुःख व्यक्त गर्दै तत्काल अन्तिरम राहत स्वरुप पाँच लाख राहतको घोषणा गरेको छ ।

साथै समाजिक विकास मन्त्रालयले असार ११ गते छानविन समिति बनाएर छानबिन थालेको र प्रादेशिक अस्पतालले प्रतिवेदन समेत बुझाएको भन्दै दोषि जो कोहिलाई पनि कारवाही हुने प्रतिवद्वता जाहेर गरिएको छ । स्थानियले भने राजुको जिवनको मोल पाँचलाख ताकेर सरकार घटना साम्य पार्न लागेको टिप्पनी गरिरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग
अन्य

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

15 hours ago
मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव
एस.पी. खबर विशेष

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

15 hours ago
फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो
एस.पी. खबर विशेष

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

15 hours ago
म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव
एस.पी. खबर विशेष

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

17 hours ago
जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा
अपराध

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

2 days ago
बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो
एस.पी. खबर विशेष

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

2 days ago
मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?
एस.पी. खबर विशेष

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

2 days ago
राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी
एस.पी. खबर विशेष

राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी

2 days ago
भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री
एस.पी. खबर विशेष

भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री

2 days ago
मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत
एस.पी. खबर विशेष

मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत

3 days ago

ताजा समाचार

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy