एसपी रिपोर्टर
जनकपुरधाम, असार १२ : जनकपुरधाम उपमहानगरपालिकाको नगरसभा बैधानिक नभएको भन्दै जनकपुरधाममा असन्तुष्ट पक्षले विरोध प्रदर्शन गरेको छ । बुधवार आयोजित नगरसभा अबैधानिक र फर्जी रहेको भन्दै करिव ८ जना वडा अध्यक्षहरु विरोध जुलुस निकालेर उपमहानगर बजारमा प्रदर्शन गरेका छन् । मेयर लालकिशोर साह र उपमेयर रिता झाले आफुहरुसंग बिना कुनै समन्वय र जानकारी आफनो एकलौटी निति तथा कार्यक्रम ल्याएको भन्दै डर धम्की देखाएर नगरसभा गरिएको आरोप लगाएका छन् ।
विरोध गर्ने ८ जना वडा अध्यक्षहरुमा आधाजती मेयरकै पार्टी राजपा नेपालवाट निवार्चित भएकाहरु हुन । गत मंगलवारको नगरसभामा कुटाकुट भएको थियो । असन्तुष्ट वडा अध्यक्षहरुले आय ब्यय बिना सार्वजानिकिकरण गरि गरिएको नगरसभा मान्य नहुने चेतावनी दिएका छन् । एता मंगलवार गणपुरक संख्या नपुगेर अस्थगित नगरसभा बुधवार बहुमत भन्दा बढी सदस्यको सहभागिताको आधारमा सम्पन्न भएको मेयर पक्षको भनाई छ ।
आर्थिक वर्ष २०७७/०७८ को लागि एक अर्व ६५ करोड २५ लाख ७१ हजार ९ सय २५ रुपैयाँको बजेट नगरसभामा प्रस्तुत गरिएको छ । जसमा चालुतर्फ एक अर्व आठ करोड ११ लाख ८६ हजार पाँच सय पचास र पुजिगततर्फ ५७ करोड १३ लाख ८५ हजार तीन सय ७५ रुपैयाँ विनियोजन गरेको छ । बजेटमा स्वास्थ्य र पूर्वाधार निर्माण कार्यलाई प्राथमिकता दिएको छ । बजेट व्यवस्थापनका श्रोतहरुमा आन्तरिक श्रोतबाट २० करोड ४४ लाख, केन्द्रिय सशर्त अनुदानबाट ५२ करोड ८५ लाख,वित्तिय समानिकरणतर्पm ३३ करोड ४४ लाख तथा प्रदेश अनुदानतर्पm पाँच करोड २९ लाख ५९ हजार ६ सय ९० रहेको छ ।