FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

कोरोनाको कहर, उपचार बिना छटपटिएर दम तोडे दलित किशोर (दर्दनाक भिडियो सहित)

कोरोनाको कहर, उपचार बिना छटपटिएर दम तोडे दलित किशोर (दर्दनाक भिडियो सहित)

जनकपुरधाम, असार १० :

स्थान : प्रादेशिक अस्पताल, जनकपुर ।

समय : आइतबार राति ।

धनुषाको हंसपुर नगरपालिका प्रसाहीका १६ वर्षीय राजु सदा अस्पतालको आइसोलेसन वार्डको भुइँमा छठपटाइरहेका थिए । उनी कतिबेला खुट्टा उचाल्थे त कति बेला हात चलाउँथे । कहिले कपाल बेस्सरी लुछ्थे । तर स्वास्थ्यकर्मी, चिकित्सक कोही पनि हेर्न आएनन् । राजुको पीडा देख्न नसकेरै सँगै आइसोलेसनमा रहेका अरुण सदाले नजिकै गएर सोध्थे, ‘ए राजु, राजु ! के भो हँ ?’

तर राजु केही बोल्न सकेनन् । अरुणले भुइँबाट उठाएर बेडमा राखे । शरीर थप्थपाए । तर राजुको पीडा २० को १९ भएन । पीडाले हातखुट्टा चलाए, सिरानी च्यापे । आइसोलेसन सेन्टरमा घण्टौंसम्म छटपटाउँदा पनि राजुले उपचार पाएनन् । अन्ततः सोमबार साँझ आइसोलेसन अस्पतालभित्रै राजु सदाको प्राणपखेरु सदाका लागि अस्तायो ।

यसरी छटपटिएका थिए किशोर

अवहेलनादेखि अवहेलनासम्म

राजु सदा झण्डै एक वर्षअघि रोजगारीको खोजीमा भारतको अहमदावाद पुगेका थिए । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न भारतमा लकडाउन भएपछि उनी समस्यामा परे । भारतबाट अरू नेपालीजस्तै उनी पनि घर फर्किए ।

एक साता हिँडेर उनी ३ जेठमा प्रसाही आइपुगे । कोरोना संक्रमण फैलिएको क्षेत्र भारतबाट आएका कारण उनलाई स्थानीय जनप्रतिनिधिले क्वारेन्टिनमा राखे । तर लामो समयसम्म कोरोना परीक्षणका लागि स्वाबसमेत संकलन गरिएन ।

क्वारेन्टिन बसाइ भद्रगोल थियो ।

खाना, सरसफाइ राम्रो नभएका कारण क्वारेटिन बसेको १७ औं दिनमा उनलाई पखाला चल्न सुरु भयो । तर उनले राम्रो उपचार पाएनन् । क्वारेन्टिनमा बसेका अरू पनि बिरामी पर्न थाले । २८ जेठमा उनीसहित तीनजनालाई टिपरमा राखेर जनकपुरधामस्थित प्रादेशिक अस्पतालको गेटसम्म छाडियो । ‘अस्पतालले आइसोलेसनमा भर्ना त ग¥यो, तर उपचारमा ध्यान दिइएन’ घटनालाई नजिकबाट नियालेका पचु सदा भन्छन् ।

आइसोलेसन अस्पतालमा राखिएका उनलाई खाना त दिइन्थ्यो, तर कोरोना परीक्षणको रिपोर्ट नआएका कारण चिकित्सक र स्वास्थ्यकर्मी हेर्नसमेत नआएको परिवार र साथीभाइको गुनासो छ । राजु यसबीचमा निरन्तर झाडापखाला भएका कारण सिकिस्त हुँदै गए । उनलाई एक पुरिया जीवनजल समेत नदिइएको पचु बताउँछन् ।

सोमबार कोरोना संक्रमण नभएको रिपोर्ट आएपछि उनलाई दिउँसोतिर आकस्मिक कक्षसम्म लगियो । तर धेरै ढिला भइसकेको थियो । साँझ उनको मृत्यु भयो । ‘मेरो छोराको यसरी ज्यान जाने थिएन’ राजुका पिता असे सदा भन्छन्, ‘कोरोना जाँचका नाममा मेरो छोरालाई दिनुसम्म दुःख दिएर मारिएको छ ।’

राजुका काका राजेश्वर भन्छन्, ‘कम्तीमा पखाला लागेको जानकारी समेत हामीलाई दिइएन । थाहा भएको भए हामी आफैँ पनि उपचार गराउँथ्यौं ।’

चिकित्सकको दाबी : हामीले हेरेका थियौं

अस्पतालको लापरवाहीका कारण राजुको मृत्यु भएको परिवारको दाबीलाई प्रादेशिक अस्पतालका चिकित्सक भने मान्न तयार छैनन् । आइसोलेसन कक्षका प्रमुख डा. जामुन सिंह अस्पतालका डाक्टरहरूलाई बोलाएर देखाएको दाबी गरे ।

सिंहका अनुसार उनलाई इन्सेफ्लाइटिसको आशंका गरिएको छ । ‘रगत जाँच गर्दा सोडियम ११७ आएको थियो । सोडियम यस्तो अवस्था आउनु भनेको क्रिटिकल अवस्था हो’ डा. सिंह भन्छन्, ‘हामीले त्यतिबेला ३र४ जना डाक्टरलाई बोलाएर छलफल ग¥यौं । शनिबार रातिदेखि उपचार पनि शुरु गरेका थियौं ।’

इन्सेफ्लाइटिस भएको अवस्थामा बिरामी यसरी छट्पटाउने गरेको उनले सुनाए । ‘त्यस्तो अवस्थामा या त बाँधेर राख्नुपर्छ या त बेहोसीको औषधि दिनुपर्छ’ उनी भन्छन्, ‘तर उनलाई बेहोसीको औषधि दिने अवस्था थिएन । किनकि उनको रिपोर्ट आइसकेको थिएन । हाम्रो अस्पतालमा भेन्टिलेटर पनि भएन ।’

बेहोस बनाउने औषधि नदिएको र नबाँधिएका कारण उनी बेडबाट खसेको डा. सिंहको अनुमान छ। उनी भन्छन्, ‘सुरुमा त हामीलाई दिमागी रोगीको शंका भयो । साइक्लोजिस्ट डा. रवीन्द्र झालाई पनि बोलाएर देखायौं । तर त्यस्तो देखिएन ।’

त्यसपछि फिजिसियन रामेश्वर महासेठ, सञ्जीव झा, अजय यादवलगायतलाई देखाएको उनले बताए । तर कोरोना परीक्षणको रिपोर्ट आउन ढिला भएका कारण आकस्मिक कक्षमा नलगिएको उनले बताए । सिंहले भने, ‘रिपोर्ट नआउँदासम्म कोरोना नै हो कि भन्ने थियो, तर रिपोर्ट नेगेटिभ आएपछि आकस्मिक कक्षमा लग्यौं ।’

राजुको अवस्थाबारे परिवारलाई जानकारी गराएको र हिस्ट्रीबारे परिवारले जानकारी दिन नसकेको उनले बताए । ‘हामी यो केसको डेथ अडिट गरिहेका छौं’ उनले भने, ‘उनी जुन मितिमा नेपाल आए, त्यसबेलादेखि क्वारेन्टिन, आइसोलेसन, आकस्मिक कक्षमा केही त्रुटि भएको छ कि भनेर अडिट गरिरहेका छौं ।’

सभार : अनलाईन खवर

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो
एस.पी. खबर विशेष

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

7 hours ago
पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण
मधेश प्रदेश

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

7 hours ago
रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९
एस.पी. खबर विशेष

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

9 hours ago
गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ
अन्य

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

12 hours ago
धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा
एस.पी. खबर विशेष

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

1 day ago
बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम
अन्य

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

1 day ago
मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन
एस.पी. खबर विशेष

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

1 day ago
‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने
मधेश प्रदेश

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

1 day ago
नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण
आर्थिक

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

1 day ago
मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव
एस.पी. खबर विशेष

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

1 day ago

ताजा समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy