एसपी रिपोर्टर
जनकपुरधाम, असार ८ : नागरिकता ऐन २०६३ को संसोधन विद्येयकमा राखिएको प्रावधानको तराई मधेशमा चौतर्फी विरोध बढदै गएको छ । विवाह गरेर नेपाल आउने विदेशी महिलालाई सात वर्ष पछि मात्र नागरिकता दिने प्रावधानको नेकपाकै युवा नेताहरु समेत विरोध गर्न थालेका छन् । यसै क्रममा जनकपुरधाममा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपि शर्मा ओलीको पुतला दहन गरेको छ ।
जनकपुरधाममा विभिन्न पार्टीका महिला नेतृहरुको सहभागितामा ओलीको पुतला दहन गरिएको छ । भने जसपाका नेता तथा युवा कार्यक्रताहरुको सक्रियतामा सडकमा बसेर सडक अवरुद्व गर्दै उनीहरु प्रधानमन्त्री ओलीको पुतला दहन गरेका हुन । जसपाका केन्द्रिय सदस्य सञ्जय चौधरीले सरकार नसचिए आँधी बेरी ल्याउने बताए । युवा नेताहरु नविन यादव, प्रशान्त झा सहितका जसपाकर्मीहरु सहित महिला नेतृहरु भानुचौक स्थित मुख्य सडकमै बसेर विरोध गरेका छन् ।
जनकपुरधाम उपमहानगरकी उपप्रमुख रिता झा, नेतृ विभा ठाकुर, पुनम मैथील सहितको अगुवाईमा महिला नेतृहरु सडक जाम गर्दै विरोध गरेकी हुन । नागरिकता ऐनको विरोधमा यस क्षेत्रमा विरोधका कार्यक्रमहरु बाक्लो हुदै गएको छ ।