एसपी रिपोर्टर
जनकपुरधाम, असार ७ : विवाह भएको सात वर्ष पछि मात्र विदेशी महिलालाई नागरिकता दिने नेकपाको निर्णयको विरोधमा तराई मधेश तात्न थालेको छ । सो निर्णयको विरोधमा प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका साथै संसद वाहिरका दल जनमत पार्टी नेपाल पनि सडकमा उत्रन थालेको छ ।
संघिय संसदको राज्य व्यवस्था समितिमा छलफलमा रहेको नागरिकता विद्ययेकको विरोध हुन थालेको छ । प्रदेश २ को अस्थाई राजधानी जनकपुरधाम सहित पर्साको बिरगंज, बारा सहित विभिन्न जिल्लामा नेपाली कांग्रेस तथा उनका युवा दस्ता तरुण दल सहितकाले विरोध प्रदर्शन गरेका छन भन जसपाले पनि आइतवार नै जनकपुरधाम र बिरगंज सहित प्रदेशमा प्रदर्शन गरेको छ । साथै संसद वाहिरका सिके राउत नेतृत्वको जनमत पार्टी नेपालले समेत विरोध प्रदर्शन गर्न थालेको छ । केपि ओलीको पाराले दुःख पाए साराले सहितका नारा लगाउदै तिनैदलका नेता कार्यक्रताहरु जनकपुरधामको अलग अलग भागवाट विरोध प्रदर्शन गर्दै जनकचौकमा गएर कोणसभा गरेका थिए भने कांग्रेसले शिवचौकमा कोणसभा गरेको छ ।
सैयौंको सहादत पछि २०६३ सालको अन्तिरम संविधानमा पाएको उपलब्धी समेत नेकपाले खोस्न थालेको भन्दै मधेशमा असुन्तुष्टी बढदै आएको छ । विरोध प्रदर्शनमा सहभागी जसपाकी नेतृ विभा ठाकुर तथा कांग्रेस नेतृ निलम कर्णले तत्कालिन एमाले देखि अहिले सम्म बामपन्थीहरु मधेशी महिलाहरुलाई दबाएर राख्न यस्तो षडयन्त्र गरिरहेको बताउछिन् । तरुण दल धनुषाका सभापति सञ्जय लाभ कर्णले महामारीमा जनतालाई झुक्याउन र अर्को विषयमा केन्द्रित गरि भ्रष्टाचार गर्न यस्ता गतिविधी गर्न थालिएको बताए ।
नेकपाको सो निर्णयले मधेशका महिलाहरु समेत असन्तुष्ट र आक्रोसित बन्न थालेकी छन् । तराई मधेशको अधिकांश परिवार र भारतिय सिमावर्ती विहार तथा युपी बिचको परिवारमा बैवाहिक तथा पारिवारिक सम्बन्ध छ । एताको छोरीचेली उता र उताको एता भएकाले समेत पारिवारिक र रगतको सम्बन्ध छ यस्तो वेला भएको निर्णयले यहाँको महिलालाई धेरै नै दुःखी तुल्याएको छ । जनमत पार्टी धनुषाकी संयोजक अनिता साहले मधेशमा धेरै भारतिय महिलाहरु विवाह गरेर आएकाले सरकार अधिकार दिन नचाहेको बताइन ।
विवाहको ७ वर्ष पछि मात्र नेपालमा विवाह गरि आएकी महिलाले नागरिकता पाउन सक्ने निर्णयको विरोध सडकमा मात्र होइन मधेशी दलको सरकारले नेतृत्व गरेको प्रदेश २ सरकार र प्रदेशसभामा समेत चर्को विरोध हुन थालेको छ । प्रदेशसभाको बैठकमा सवैदलका सांसदहरुले यस्को विरोध गरिरहेका छन् । संघिय राज्य व्यवस्था समितिमा छलफमा रहेको नागरिकता सम्बन्धी विद्ययेकमा अंगिकृत नागरिकको हकमा गरिएको प्रस्ताव मधेशलाई लक्षित गर्दै भारतसंगको पारिवारिक सम्बन्ध बिगार्ने किशिलले ल्याइएको प्रदेश सांसदहरुले आरोप लगाएका छन् । ति सात वर्षको अन्तरालमा ति महिलासंग कुनै घटना भयो, दुर्घटना भयो र मृत्यु भयो भने उनको, उनको परिवारको र बालबच्चाको के हुन्छ ? प्रश्न मधेशमा छ ।