FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

नेपालमा आज खण्डग्रास सूर्यग्रहण, जनकपुरधाममा १० : ५६ मा सुरु हुदै

काठमाडौंबाट ८८ र जनकपुरधामवाट ८२ प्रतिशत सूर्य ढाकिएको दृष्य देखिने

नेपालमा आज खण्डग्रास सूर्यग्रहण, जनकपुरधाममा १० : ५६ मा सुरु हुदै

एसपी रिपोर्टर
काठमाण्डौं, असार ७ :
नेपालमा आज खण्डग्रास सूर्यग्रहण लाग्दै छ । नेपालमा बिहान १० बजेर ५५ मिनेटबाट सुरु हुने सूर्यग्रहण अपराह्न दुई बजेर २४ मिनेटमा समाप्त हुने वाल्मीकि क्याम्पसका सहप्राध्याक तथा वरिष्ठ खगोलविद् जयन्त आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार मध्याह्न १२ बजेर ४१ मिनेट जाँदा काठमाडौंबाट सूर्य करिब ८८ प्रतिशत ढाकिएको देखिन्छ । उक्त समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव हुने छ । यस्तै नेपालको लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिने खगोलविद् आचार्यले जानकारी दिए ।

कुन ठाउँमा कति बजे सुरु हुन्छ ग्रहण ?

बीपी कोइराला मोमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी विज्ञान संग्रहालयका विकास समितिका अनुसार पोखरामा विहान १० बजेर ५२ मिनेटमा, महेन्द्रनगरमा १० बजेर ५४ मिनेटमा, जनकपुरधाममा १० बजेर ५६ मिनेटमा र भद्रपुरमा ११ बजेर ५२ मिनेटमा सूर्यग्रहण सुरु हुने छ । विकास समितिका निमित्त कार्यकारी निर्देशक डा. सनत कुमार शर्माका अनुसार जनकपुरबाट ८२ प्रतिशत, पोखराबाट ८८ प्रतिशत, झापाको भद्रपुरबाट ८१ प्रतिशत र कन्चनपुरको महेन्द्रनगरबाट ९३ प्रतिशत सूर्य ढाकेको देखिन्छ ।

अब ४४ वर्षपछि मात्रै देखिनेछ यस्तो ग्रहण

नेपालबाट अबको करिब ४४ वर्षपछि मात्र यस्तै अर्को सूर्यग्रहण देखिने आचार्य बताउँछन् । सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा सूर्य छेकिन गइ चन्द्रमाको छायाँ पृथ्वीमा पर्छ र त्यसलाई नै सूर्य ग्रहण भनिन्छ । यदि धर्मशास्त्रमा विश्वास गर्ने हो भने यो सूर्यग्रहण मेष राशि, सिंह राशि, कन्या राशि तथा मकर राशि भएका मानिसले मात्र हेर्न हुन्छ । तथापि वैज्ञानिकहरू भने सूर्यग्रहण जो कोहीले सुरक्षित तरिका अपनाएर हेर्न हुने मान्यता राख्छन् ।

चन्द्रग्रहण हेर्दा हाम्रो आँखामा कुनै असर गर्दैन । तर सूर्यग्रहण नाङ्गो आँखाले हेर्दा त्यसले हाम्रो दृष्टिसमेत गुम्न सक्ने भएकाले अत्यन्तै सावधानी अपनाउनुपर्ने खगोलविद्हरू बताउँछन् । सूर्यग्रहण हेर्नलाई बनाइएको विशेष चस्माको प्रयोग गर्न सकिन्छ । साधारण मानिसका लागि ग्रहण एउटा अनौठो तथा असाधारण घटना हो भने खगोलविद्हरूका लागि यस्तो घटना आफ्नो गणित जाँच्ने सुनौलो अवसर हो । वैज्ञानिक तथा खगोलविद्हरू सूर्य, चन्द्र र पृथ्वीको सही दुरी मापन गर्न ग्रहणको उपयोग गर्छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव
एस.पी. खबर विशेष

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

15 hours ago
फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो
एस.पी. खबर विशेष

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

16 hours ago
म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव
एस.पी. खबर विशेष

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

17 hours ago
जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा
अपराध

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

2 days ago
बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो
एस.पी. खबर विशेष

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

2 days ago
मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?
एस.पी. खबर विशेष

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

2 days ago
राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी
एस.पी. खबर विशेष

राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी

2 days ago
भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री
एस.पी. खबर विशेष

भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री

2 days ago
मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत
एस.पी. खबर विशेष

मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत

3 days ago
लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……
एस.पी. खबर विशेष

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……

4 days ago

ताजा समाचार

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy