एसपी रिपोर्टर
जनकपुरधाम, असार ६ : अहिले प्रदेशसभा बैठकमा पत्रकारहरुलाई प्रवेश विषेध छ । समाचार संकलनका लागि पत्रकारहरुलाई प्रदेशसभा सचिवालयको यु टयुव च्यानल हेर्न र सुन्न भनिएको छ । तर प्रदेशसभाको लापरवाही यहाँ सम्म छ की यु टयुववाट भिडियो गायव हुन्छ तर पनि संवेदनशिलता र जिम्मेवारी वहन हुदैन । करारमा आवयश्क कर्मचारी भर्ती गरि प्रविधिको शिर्षकमा धमाधम खर्च भइरहेको छ ।
संघिय सरकारले विवाहको ७ वर्ष पछि मात्र अंगिकृत महिलालाई नागरिकता दिने विद्ययेक ल्याइरहेका वेला चौथो अधिवेशनको तेह्रौं बैठकमा शनिवार प्रदेश सांसदहरु विद्ययेकको विरोध गरेको भिडियो दिनभर खोज्दा प्रदेशसभाको यु यटुववाटै गायव छ । तर कसैलाई कुनै मतलव छैन । प्रदेशसभा जस्तो गरिमामय र आधिकारिक निकायमा यस्तो सानो त्रुटी सच्चाउन पनि दिनौ दिन लाग्छ । यो समाचार राती १० बजे तयार भइरहदा समेत त्यस शनिवारको बैठकको भिडियोको अतोपतो छैन ।
स्रोतका अनुसार बैठक चलिरहँदा यु टयुवमा लाइभ स्ट्रीम भइरहन्छ तर बैठक सम्पन्न हुने वितिकै प्रविधिको काममा नियुतm भएका कर्मचारीहरु समेत टाप कस्छन् । त्यसपछि भिडियो आयो आएन छ छैन कसैलाई कुनै मतलव हुदैन र एक दुई दिन पछि मात्र भेटिन्छ । कोरोना महामारीको कारण पत्रकार मात्र नभई प्रदेश सांसद समेत २५ प्रतिशत जती मात्र उपस्थित हुन्छन । तर प्रविधीको समयमै सदुपयोग हुन नसकेकाले पत्रकारहरुलाई समाचार लेख्न र जानकारी पाउन हम्मे पर्ने गरेको छ । या कि लाइभ नै सुन्न र हेर्न पर्ने बाध्यतात्मक परिस्थिती छ ।