एसपी रिपोर्टर
जनकपुरधाम, असार ३ : देशको मुल नारा नेपाल कृषि प्रधान देश रहेको सार्थक पार्न धनुषाको ग्रामिण नगरपालिका शहिदनगर नगरपालिकाले कृषिको आधार सिचाँइ विकासको काम थालेको छ । नगरपालिकाका प्रमुख उदय कुमार यादव बरबरियाले नगरपालिकाका भित्र रहेका सिचाँइको आधार पुराना कुलो र नहरहरुको पुर्ननिर्माण कार्य सुरु गरेका छन् ।

यसै क्रममा आज नगरपालिकाको वडा नंं. २ चोराकोयलपुरमा बर्षौ वर्ष पंचायती ब्यबस्था देखि नै हाल सम्म बन्न नसकेको काजीपैनी पुर्नसञ्चालन कामको शिल्यानास गरिएको छ । स्थानिय किसानहरुको खेतीपातीमा अहम भुमिका निर्वाह गर्ने गरेका काजीपैनीको फाटक निर्माण गर्न कैयौं नेता तथा मंत्रीहरु शिलान्यास गरे पनि सफल नभएकोमा नगर प्रमुख बरबरियाको बिशेष पहलमा उनका पिता नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य एवं धनुषा जिल्ला इन्चार्ज श्रवन बरबरिया यादव तथा वडा अध्यक्ष जैसीलाल भिनवार यादवले संयुक्तरूपमा सो फाटकको शिलान्यास गरेका छन् ।

यो काम सफल भएपछि नगरपालिकाको वडा नं. १, २, ३ र ८ (कुम्भकरण, चोराकोयलपुर, बिर्ता, केवटानी, यदुकुहा) लगायतका किसान लाई सहजै खेतीपाती गर्न पानि उपलब्ध हुने छ । यो फाटक बन्ने कामको थालनी हुँदा किसानहरु ह्र्षित भएका छन् । नगर प्रमुख बरबरिया यादवले कृषिमा बिशेष जोड दिदै किसानलाई आवयश्कता अनुसारको धेरै प्रकारको बिउबिजनहरु उपलब्ध गराउनुका साथै प्रत्येक वडामा नदि कुलोहरुको मर्मत संभार गरिने काम भइरहेको बताए ।