एसपी रिपोर्टर
जनकपुरधाम, असार २ : आफुहरु एकदमै अन्याय र कष्टमा परेको भन्दै कपाल काटने पेशाकर्मी नाईहरु जनकपुरधाममा प्रदर्शन गरेका छन् । अरुलाई केहि सहज रहेपनि लकडाउन शैलुन व्यवसायीहरुका लागि एकदमै कष्टकर निर्णय सावित भएकाले राज्यले आफुहरुको बारेमा सोचिदिनु पर्ने उनीहरुले मांग गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी तथा जनकपुरधाम उपमहानगरपालिकाका मेयरलाई ज्ञापन पत्र बुझाएका छन् ।
नेपाल नाई टे«ड युनियन जनकपुरधाम नगर समितिका अध्यक्ष शिव कुमार ठाकुरको अगुवाईमा समितिले जनकपुरधाममा लकडाउनको पुर्ण पालना गरि समाजिक दुरी कायम गर्दै एकवद्वता रयाली निकालेका छन् ।
भिडियो
नगर अध्यक्ष ठाकुरले भने, ‘हाम्रो व्यवसाय अझै खोल्न प्रतिबन्ध छ तर राज्यले हाम्रो बारेमा खोइ त सोचिदिएको ?’ शैलुन खोल्न बन्देज लगाएर मात्र नहुने भन्दै दैनिक काम गरेर मात्र खान पाउने हामीहरुको बारेमा पनि राज्य जिम्मेवार हुनुपर्ने उनीहरुको भनाई छ ।
उनीहरुले नाई श्रमिकहरुलाई ५० लाखको जिवन बिमा, लकडाउन अवधिभरको ब्याजको मिनाहा, आफुहरुको काम पुर्ण रुपमा बन्द रहेकाले राहतको व्यवस्था, लकडाउन अवभिभरको पसलको भाँडा मिनाहा, लकडाउन अवधिभरको लागि मासिक २५ हजार रुपैया राहत र तत्काल अव पसल खोल्ने वातावरण मिलाइदिनु पर्ने सहितका मांगहरु राख्दै ज्ञापन पत्र बुझाएका हुन । रयालीमा समितिका पदाधिकारीहरु सहित सदस्यहरुको सहभागिता थियो ।