एसपी रिपोर्टर
जनकपुरधाम, असार २ :धनुषाको सवैला स्थित इलाका प्रहरी कार्यालयको थुना भित्रै शौचालयमा झुन्डिएर एक दलित युवाको मृत्यु भएको घटना सम्बन्धमा स्थल अध्यन्न प्रतिवेदन २०७७ सार्वजानिक गरिएको छ । स्थलगत अध्ययन समितिले पत्रकार महासंघ धनुषाको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरि सो प्रतिवेदन सार्वजानिक गरेको छ ।
समितिका १. संयोजक बीपी साह, पत्रकार एवं कानुनका विद्यार्थी २. सदस्य– राजकिशोर रजक, अम्बेडकरी तथा बहुजन अध्ययता ३. सदस्य– पचु माझी मुसहर, दलित अभियानकर्ता ४. सदस्य– रामदयाल सदा, स्थानीय शिक्षक ५. सदस्य– मोहन सदा, दलित अभियानकर्ता मिलेर तयार पारेको प्रतिवेदनमा घटना पछि प्रहरीको कामकारवाही देखि मृत्कका परिवार र स्थानियहरुद्वारा व्यतm धारणालाई आधार मानेर मृत्यु भन्दा पनि हत्याकै आंशका गर्न सकिने तथ्यहरु समेत समावेश छ ।
प्रस्तुत छ प्रतिवेदनको पुर्णपाठ


पृष्ठभूमी
मिति २०७७ जेठ १२ गते जिल्ला धनुषा सबैला नगरपालिका वडा नम्बर १२ बस्ने शम्भू सदाले ट्रयाक्टरवाट बालुवा लिन चारनाथ नदीमा जाँदै गर्दा रघुनाथपुरमा दुर्घटना हुँदा सबैला नगरपालिका वडा नं. १२ रघुनाथपुरको समुन्द्री देवी साहको मृत्यु र १२ वर्षीया सिता कुमारी साह घाइते भएकी थिइन् । घटना पछि चालक शम्भू सदा धनुषाधामको ट्राफिक प्रहरी कार्यालयमा हाजिर भएका थिए ।
ट्राफिक प्रहरी कार्यालय, धनुषाधामबाट निजलाई इलाका प्रहरी कार्यालय सवैलामा ल्याए पछि जष्ेठ २७ गते इलाका प्रहरी कार्यालय सवैलामा बैठक बसी घाइतेलाई उपचार खर्च र मृतकको परिवारलाई प्रचलित कानुन बमोजिम क्षतिपुर्ति दिने सहमति भएको थियो । तर, उक्त सहमतिबाट प्रहरी चौकीका केही कर्मचारीहरु खुशी थिएनन् । पैसा तान्नको लागि पहिलेदेखि नै दिदै आएको यातना झन् बढाउन थाले ।
शम्भूलाई निजको आमा हिरासतमा भेट्न जाँदा आमालाई भन्थे प्रहरीले मलाई धम्काउछ । कुटपिट गर्छ । पैसा बुझाउन भन्छ । साउजीलाई भनेर छिटोभन्दा छिटो यहाँबाट छुटाउ नत्र मेरो हत्या गर्नेछ । सबै पक्षबीच सहमति भइसकेपछि २७ गते साँझ शम्भूले रुँदै आमालाई फोन गरेर यी कुराहरु वताएका थिए । पैसा नदिए आफूलाई मार्ने उनले बताएका थिए । शम्भूकी आमा सियाली सदाले ट्रयाक्टर धनी संजय साहलाई फोनमार्फत सोही कुरा बताएकी थिइन् । त्यसपछि धनी संजय साह र उसको भतिज हिरा साहलाई लिएर सम्भूकी आमा सियाली सदालाई भेटेका थिए । र, पुलिसलाई कुनै पनि पैसा दिनु नपर्ने सम्झाएका थिए । कसैलाई पैसा दिनु पर्दैन । मैले कानून बमोजिमको पैसा विहीबार तिर्दैछु तिम्रो छोरा अब केही दिनमा छुट्नेछ भनेका थिए । सोही दिन मिति २०७७ जेष्ठ २७ गते राति शम्भू सदाको मृत लाश प्रहरी हिरासत भित्रकै शौचालयमा झुण्डिएको अवस्थामा भेटियो । सम्भूकी श्रीमती मनिता सदाका अनुसार आफ्नो श्रीमान्को लाश झुडिएको अवस्थामा हेर्दा खुटटा सुन्निएको थियो भने कालो दाग र बाहुलामा पनि दाग देखिएको थियो ।
२. घटनाको साराश
शम्भू सदा वितेको दशैदेखि संजय साहको ट्रेक्टर चलाउदै थिए । संजय साहको अनुसार गाडीको सम्पूर्ण जिम्मा शम्भू सदामाथि नै थियो । माटोमा जाने कि बालुवा ढुवानी गर्ने सबै द्ध काम आफै गर्थे । संजय साहको गाडीको इन्सुरेन्स गराएको थिए र शम्भूले सवारी अनुमति पत्र प्राप्त गरेको थिए । २०७७ जेष्ठ १२ गते बालुवा ल्याउन चारनाथ खोला तीर जाँदै थियो । साँझको समय थियो । हावा–हुरी आउन लागेको थियो । विपरित दिशाबाट बाख्रा लिएर गाउँले मान्छेहरु आईरहेका थिए ।
रघुनाथपुर क्याम्प र बौकी देवी थानको बीचमा बाख्रा बचाउन खोज्दा गाडी दुर्घटना भयो । दुर्घटनामा समुन्द्री देवी साह र १२ बर्षीया सीता कुमारी साह घाइते भए । घटनामा परि समुन्द्री देवी साहको उपचारको लागि पहिले गोदार स्थित एउटा अस्पताल र त्यस पछि थप उपचारको लागि विराटनगर लग्दै गर्दा बाटोमा मृत्यू भयो र घाइते बालिकाको उपचार पछि घरमा आराम गरिरहेको अवस्था रहेको पाइयो । घटना घटेको तुरुन्तै सबारी धनीको सल्लाहमा चालक शम्भू सादा धनुषाधामको ट्राफिक प्रहरी कार्यालयमा हाजिर भए र भोलि पल्ट थप अनुसन्धानको लागि सबैला इलाका प्रहरी कार्यालयमा बुझाएको पाइयो । सबैला नगरपालिकाको जनप्रतिनिधि, पार्टी प्रतिनिधि, पिडीत, पिडकको रोहबरमा प्रहरी कार्यालयमा मिति २०७७ जेष्ठ २७ गते बैठक बसी घाइतेलाई उपचार खर्च वापत रु ७५,००० (पच्चहत्तर हजार मात्र) बुझाई आवश्यक कागजात गरे र मृतकको हकमा दुई दिन भित्र जिल्ला प्रशासन कार्यालय, धनुषामा प्रचलित कानुन बमोजिम क्षतिपुर्ति रकम बुझाउने सहमति भएको थियो । तर, प्रहरीले अनुचित रकम अशुल्ने सम्भावना कम हुँदै गएपछि शम्भु सदालाई थप यातना दिन थाल्यो ।
शम्भूले यातनाको बारेमा आफ्नो आमालाई बारम्बार अबगत गराएको पाइयो । आमालाई भनेर गाडी मालिकसँग कुरा गरेर छिटो भन्दा छिटो छुटाउन आग्रह गर्दैआईरहेको थियो । प्रहरीको उदेश्य शम्भूको परिवारवाट अनुचित पैसा असुल्नु थियो । जुन कुरा प्रहरीबाट बारम्बार शम्भूलाई पैसा बुझाउन भनिन्थ्यो । २०७७ जेष्ठ २७ गते करिब चार बजे तीर शम्भूको आमाले ट्रेक्टर मालिकलाई फोन गरेर प्रहरीले हामीसँग पैसा मागिरहेको कुरा जानकारी गराउनु भएको थियो । ट्रेक्टर मालिक र उसको भतिज शम्भूको आमालाई भेट्न उसको घर जानु भयो । पैसा बुझाउनु पर्दैन । मैले सबै कुरा बैठकमा सहमति भैसक्यो । तपाईको छोरा दुई–तीन दिन भित्र छुटिहाल्छ । चिन्ता नगर्नुस भनेर सम्झाएर घर फर्के । २०७७ जेष्ठ २७ गते राती करिब ३ः०० बजे प्रहरी निरिक्षकको फोन ट्रयाक्टर धनीलाई आउछ र प्रहरी कार्यालायमा आउन आग्रह गर्छ । शम्भूलाई सञ्चो छैन । रोईरहेको छ । भेट्न आउनु पर्यो ।
त्यस पछि गाडी मालिक र उसको भतिज प्रहरी कार्यालय जान्छ । गेटमा पुग्दा छ शम्भूको आमा र परिवारलाई बोलाएर ल्याउ भन्छ र सँगै दुई जना प्रहरी पनि पठाउछ । तर, त्यो भन्दा पहिला स्थानीय नेताहरु, जनप्रतिनिधिहरु प्रहरी कार्यालयमा जम्मा भैसकेको देखेछ । शम्भूको परिवारलाई लिएर आउछ । आउन बितिक्कै तपाईको छोरा फाँसी लागेर मरिसक्यो । यति के भनेको थियो शम्भूको आमा, श्रीमती र सासु सबै रुन थाल्छन् । मान्छेहरु विस्तारै जम्मा हुन थाल्छ । कार्यालयको गेटमा दुईवटा ताल्चा लागेको थियो । ताल्चा खोलेर भित्र जान्छन् । भित्र शौचालयको गेट लागेको हुन्छ । शोचालयको गेटमा खुट्टाले दुई चोटी हान्छ तर गेट खुल्दैन । त्यस पछि गेटको माथि पट्टी भेन्टिलेसनबाट हाथ छिराएर शौचालयको चुकुल खोल्छ र भित्र शम्भूको लास भित्तामा झुण्डिएको देखिन्छ । कपडाले शौचालयको भेन्टिलेटरमा पिठ्यू भित्तामा टासिएर झुण्डिएको थियो । तर, शम्भूको टाउको सिधा थियो । तलतिर झुण्डिएको थिएन । मुखमा कपडा कोचिएको थियो र खुट्टा सुनिएको थियो ।
३ अध्ययन टोलीले फेला पारेको तथ्यहरु
१. ट्रयाक्टर चालक शम्भू सदाले जेठ १२ गते दिउँसो सबैला नगरपालिकाभित्रै माटो काटेर सम्बन्धीत स्थनामा पु¥याएपछि चारनाथ नदीबाट बालुवा ल्याउन जाने क्रममा आफ्नै गाउँ सबैला नगरपालिका १२ बरकुर्वाबाट पाँच जना लेबरलाई ट्रयाक्टरमा लगेका थिए ।
२. पाँच जना लेबर मध्ये दुई जना ट्रयाक्टरको इन्जनपटिको भागमा बसेको र तीन जना टेलारी ( बालुवा बोक्ने भाग) मा बसेका थिए । रघुनाथपुर र बरमझियाको बीचमा बनेको नयाँ पक्की बाटोमा ट्रयाक्टर स्पीडमा गएको छ । घटना स्थल बौकी माई मन्दिर नजिकै दुर्घटना भएको थियो । टेलरमा बसेका एक जना लेबरका अनुसार ट्रयाक्टरको अगाडिमा बाख्रा आउँदा बाख्रालाई बचाउने क्रममा ट्रयाक्टर अनियन्त्रीत भएको थियो । र, ट्रयाक्टरको सिंगल ब्रेक लागेको थियो । ्
३. दुर्घटनामा घाइते भएकी रघुनाथपुरकी समन्द्री साह र सीता कुमारी साहको उपचारका लागि करिब ३ सय मिटरको दुरीमा रहेको शसस्त्र प्रहरीको रघुनाथपुर अस्थायी कम्यापबाट गएको प्रहरीको गाडीले गोदरस्थित एक निजी अस्पालमा पु¥याएको थियो । समुन्द्र साहको अवस्था गम्भीर देखिएपछि एम्बुलेन्समा हाली विराटनगर पठाउने क्रममा बाटो मै मृत्यु भएको थियो । त्यसपश्चात पोस्टमार्टका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको थियो ।
४. पीडित पक्ष (समुन्द्री साहको) ले भोलि पल्ट गाडी मालिक विरुद्ध किटानी जाहेरी प्रहरीमा दिन गएको थियो । ट्रयाक्टर चालक शम्भू सदाले नचलाई लेबरहरुले चलाएको आरोप लगाएको थियो ।
५. १२ गते राति नै ट्रयाक्टर चालक शम्भू सदाले आफ्नो आमालाई फोन गरी दुर्घटना भएको जानकारी दिएका थिए । त्यसपछि गाडी धनीलाई संजय साहलाई जानकारी गराएका थिए । गाडी धनी कै निर्देशनमा नजिकमा रहेको धनुषाधाम ट्राफिक कार्यालयमा हाजिर भएका थिए । ड्राइभर ट्राफिक कार्यालयमा हाजिर भएको जानकारी गाडी धनी साहलाई ट्राफिक कार्यालयबाट भएको थियो ।
६. शम्भू सदालाई १३ गते नै सबैला प्रहरीमा बुझाइएपनि १४ गते मात्र हाजिर भएको भनिएको छ । सबैला प्रहरीले शम्भूलाई गाडी धनीबाट बुझेको पत्रमा हस्ताक्षर उनको मृत्यु भएको विहान गराएका छन् ।
७. प्रहरी हिरासतमा रहेका सम्भू सदालाई उनको आमा र ट्रयाक्टर धनीले भेट्न जाँदा शम्भूले आफूलाई प्रहरी हिरासतमा यातना दिएको भन्दै रुने गरेका थिए । आफूलाई जसरी पनि छोडाउन सम्भूले आमा र ट्रयाक्टर धनीलाई आग्रह गर्थे । आफूलाई धेरै केरकार गरिरहेको र आफूसँग ट्रयाक्टरमा रहेका लेबरहरुको नाम लेख्न लगाएको बताएका थिए । प्रहरीले यातना दिइ ट्रयाक्टरमा रहेका लेबरहरुले गाडी चलाएको स्वीकार गराउन दबाब दिएका थिए ।
८. २७ गते मंगलवार प्रहरी, स्थानीय जनप्रतिनिधि, ट्रयाक्टर धनी र समुन्द्री देवी साह र घाइते सीता कुमारी साह पक्षबीच सहमति भएको थियो । घाइतेको उपचारवापत ७५ हजार दिइयो । र, मृतकको क्षतिपुर्तिका लागि सीडीओ कार्यालयमा जम्मा गर्नु पर्ने र त्यसका लागि बैंक खाता खोल्नु पर्ने भएकोले २९ गते मृतकको परिवारलाई विहीबार पैसा दिने सहमति भएको थियो ।
९. सहमति भएकै दिन साँझ प्रहरी हिरासतबाट शम्भू सदाले आमालाई रुँदै फोन गरी ‘पुलिसलाई पैसा नदिए मलाई मार्नेछ । यिनीहरुलाई पैसा देउ ।’ भनेका थिए ।
१०. छोराको फोन पछि शम्भू सदाकी आमा सियाली सदाले गाडी धनी संजय साहलाई फोनमार्फत सोही कुरा बताएकी थिइन् । त्यसपछि गाडी धनी संजय साह र एक जना भतिजलाई लिएर सम्भूकी आमा सियाली सदलाई भेटेका थिए । र, पुलिसलाई कुनै पनि पैसा दिन नपर्ने ठ सम्झाएका थिए । कसैलाई पैसा दिनु पर्दैन। मैले कानून बमोजिमको पैसा विहीबार तिर्दैछु तिम्रो छोरा अब केही दिनमा छुट्नेछ भनेका थिए । सोही दिन राति शम्भू सदाको लाश प्रहरी हिरासत भित्रकै शौचालयमा झुण्डिएको अवस्थामा भेटियो ।
११. प्रहरीले राति करिब ३ बजेतिर गाडी धनी, स्थानीय जनप्रतिनिधिहरुलाई बोलाएका थिए । कतिपयलाई स्वयम् कार्यालय प्रमुख चन्द्र भुषण यादवले फोन गरेका थिए भने कतिपयलाई घुमुवा प्रहरी अधिकारीले गरेका थिए । गाडी धनी संजय साह त्यहाँ पुगेपछि प्रहरीले शम्भू सदाको अवस्था गम्भीर रहेकाले जनकपुरधाम लग्नु पर्ने भन्दै परिवारका सदस्यहरुलाई लिन दुई जना प्रहरी जवानसहित पठायो । त्यसपछि बरकुर्बावाट शम्भूकी आमा, श्रीमती, सासु र ६ महिनाको बच्चासहित मोटरसाइकलमा प्रहरी कार्यालयमा ल्याइयो ।
१२. प्रहरी कार्यालयको गेटमा आउने वितिकै स्थानीयहरुले शम्भू सदाले शौचालयमा आत्महत्या गरेको कुरा उनको परिवारलाई सुनाए पछि परिवारका सदस्यहरु रुन कराउन थालेका थिए ।
१३. सबै जना जम्मा भएपछि प्रहरी अधिकारीहरुले शौचालयको गेट अगाडि जम्मा भए । गेटको माथि रहेको खुल्ला भेन्टिलेसनबाट भित्रको सबै स्थान देखिदै थियो । सुरुमा प्रहरीले २–३ लाती हानेर गेट तोड्ने प्रयास गरे । तर, पछि प्रहरीले गेटमाथिको भेन्टिलेसनबाट हात पसाएर गेटको चुकुल खोलेको सबैला नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सन्तोष साहले बताए ।
१४. गेटकै अगाडि रहेकी शम्भू सदाकी श्रीमती र सबैला नगरपालिका वडा नम्बर २ का अध्यक्षले पनि प्रहरीले गेटमा पहिले लाती हानेको र त्यसपछि हात पसाएर गेट खोलेको बताएका छन् । (गेटमा रहेको भेन्टिलेशनको तस्वीर १)
१५. शौचालयको पर्खालमा रहेको भेन्टिलेशनको जाली काटेर लुगालाई जोडेर झुडिएको अवस्थामा शम्भू सदाको लाश देखिएको थियो ।
१६. उनको श्रीमतीका अनुसार झुण्डिएको अवस्थामा रहेका शम्भू सदाको खुटा सुनिएको र खुटामा कालो दाग देखिएको थियो । बाहुलामा पनि दाग देखिएको थियो । शम्भू सदा झुण्डिएको अवस्थामा रहेपछि उनको टाउको सिधा रहेको थियो । (हेर्नुस तस्वीर २)
१७. प्रहरीले शम्भू सदा आफै झुण्डिएको दाबी गरेपनि शौचालयको गेटमा रहेको भेन्टिलेशनबाट शौचालयभित्र कोही प्रवेश गर्न सक्ने वा गेटको चुकुल लगाउन तथा खोल्न सक्ने अवस्था छ । ड त्यसकारण शम्भू सदाको यातनाका क्रममा मृत्यु भएपछि झुण्डियाइएको देखिन्छ । झुण्डियाइ सकेपछि गेट बाहिरबाट भेन्टिलेशनमार्फत हात पसाएर गेटको भित्रको चुकुल लगाएको देखिन्छ ।
१८. २८ गते विहानै सबैला इलाका प्रहरी कार्यालयबाट प्रदेशिक अस्पतालमा लगिएको शम्भू सदाको लाश हालसम्म अस्पतालमै अलपत्र अवस्थामा राखिएको छ । लाशलाई राख्न फ्रिजको प्रयोग गरिन्छ तर हालसम्म चर्को गर्मीमा पनि लाशलाई फ्रिजमा राखिएको छैन ।
१९. सबैला इलाका प्रहरी कार्यालयको नेतृत्वका गरेका इन्सपेक्टर चन्द्र भुषण यादवको छवी राम्रो मानिदैन । उनी जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत रहँदा पनि आर्थिक लेनदेन र प्रतिसोध लिने कार्यक्रम सक्रिय रहेको आरोप थियो । सुरुमा सिरहाका कम्युनिष्ट नेता रामचन्द्र रायको नजिक रहेका चन्द्र भुषण सरुवा भएको ठाउँमा त्यहाँका ठूला नेताहरुको संरक्षणमा जाने गरेको उनीसँग काम गरेका एक प्रहरी अधिकारीले बताउँछन् ।
२०. शम्भू सदाको शंकास्पद मृत्यु पश्चात राति नै प्रहरी कार्यालयमा धनुषा क्षेत्र नम्बर १ का सांसद मातृका यादवका भाई कारी यादव उपस्थित थिए । उनी जनप्रतिनिधि होइनन् । लाशको मुचुलकादेखि मृतक शम्भू सदाको परिवारलाई प्रलोभनमा पार्ने र घटना मिलाउनका लागि पनि कारी यादव सक्रिय भएको देखिन्छ ।
४. घटनामा परी मृत्यु भएका बिवरण

५. घटनाका आरोपितहरुको विवरण

६. अध्ययनका क्रममा विभिन्न व्यक्तिहरुसँग गरिएको कुराकानी
१. शम्भू सदाको आमाको सयाली देवी सदा ः मलाई फोन गरी शम्भुले भने आमा म सित गल्ती भयो मैले चलाएको टयाक्टरबाट एकजना महिलालाई ठक्कर लाग्यो । म धनुषा प्रहरी चौकीमा हाजिर हुन गैइरहेको छु । साहुजी संजय साहले पनि भनेको थियो लाईसेन्स छदै छ केही हुदैन् । साउजीले जिम्मा लिएको छ, केही हुदैन म क्षतिपुर्ति दिएर छोडाई हाल्छ । शम्भु सदा धनुषाधामको प्रहरी चौकीमा हाजिर भए । जेष्ठ १२ गते धनुषधाम प्रहरी चौकीमा बसे र त्यसको भोली पल्ट सबैलाको प्रहरी चौकीमा पठाईदियो । म भेट्न जादाँ मलाई छिटो छोडाई हाल्नु शम्भुले भन्दै आएको थियो । म पनि छोडाउनको लागी स्थानिय नेता, र सबारीधनीलाई पटक पटक भन्दै आएका थिएँ । सबैले भन्दै आएको थियो कि शम्भु सित लाईसेन्स छ । ३५ दिन जति राख्छ त्यसपछि क्षतिपुर्ति तिरे पछि छोडदिन्छ । प्रहरीले मारपिट गरी लेबरहरुको नाम लेखाएको र नाम भने पछि छोडदिने बाचा गरेको थियो । लेबरमा दिनेश सदा, सुरेश सदा, संजय सदा, ललित सदा, अर्जुन सदा टे«क्टरमा बसेका थिए । २७ गतेको दिन खेरही तोरिरहेको वेलामा शम्भुले फोन गरी भनेको थियो मलाई छोडाई लग्नु आमा । प्रहरीले पैसा मागिरहेका छन् पैसा नदिए मलाई मारिदिन्छ । सुन्दै जिउ झसक परे र खरही तोर्ने काम छोडी प्रहरी चौकी जाने निस्किरहेकै वेलामा सबारी धनी संजय साह आयो र मैले छोरा सित भएको कुरा सुनाए । संजय साहले भने कि मैले पैसा बुझाईदिएको छु, भोली शम्भुलाई छोडिदिन्छ, तिमी हल्ला नगर र प्रहरी सित भेट्न नजाउ प्रहरीले पैसा माग्छ । ज्ञण् राति म सुतिरहेको बेला प्रहरी र सबारीधनी आए र मलाई उठाइयो, जाउँ तिम्रो छोरालाई जनकपुर लगनुपर्ने छ तिमी सित भेटन चाहन्छ । त्यतिकै बुहारी पनि उठे, फेरी अर्को प्रहरीले शम्भुको श्रीमतीलाई पनि लगन भन्न थाल्यो र अरु कसैलाई उठाउनु पर्दैन जाउँजाउँ भनेर मलाई शम्भुको श्रीमतीलाई र शम्भुको सासुलाई मोटरसाइकलमा बसाएर लगियो । प्रहरी चौकी गेट निर हामीलाई छोडदियो र भन्नुभयो कि तिम्रो छोराले झुण्डिएर आत्महत्या गरिसकेको छ । त्यो सुन्ने वितिकै म रुन कराउन थाले, अचेत हुन थाले र हामी त्यहाँ पुग्दा कारी यादव, सन्तोष साह, राजकुमार यादव, पारस साहलगायतको व्यतिm पहिलादेखी नै थियो । त्यहाँ आएका एक जनाले मलाई दुईटो पाखुरामा सुई लगाईयो र औठाको छाप लिन खोज्यो तर मुठी मुनिएकोले ओठाको छाप लिएकी लिएन थाहाँ भएन । मुख्य रुपमा प्रहरीले धरधम्की, मारपिट गरी लेबरको नाम लेख्न लगाएको, ब्यानका लागी लेबरलाई बोलाएर आधी बाटोबाट फर्काइदिएको, प्रहरीले पैसा मागेको, प्रहरीले पैसा मागेको विषयमा धेरै हल्ला नगर नभए तिम्रो छोरालाई छोडाउदिन सबारीधनीले भन्नेको थियो । हो, एक दिन म शम्भूलाई खाना लिएर गएको बेलामा एक जना पुलिसले मलाई सोधेको थियो तिमीले पैसा दिन्छौं कि गाडी साहुजीले दिन्छ । मुखमा मास्क लगाएर उभिएकोले मैले त्यो पुलिसलाई चिन्हन सकिन । त्यो कुरा पनि मैले गाडी साहुजीलाई भनेको थिएँ ।मसँग किन पैसा मागेको थियो त्यतीबेला मैले बुझ्न सकिनँ ।
२. शम्भु सदाकी श्रीमती मनिता देवी सदा ःप्रहरीले भुण्डिएर मरेको कुरा भनेपछि रुन कराउन थाले, त्यसै बीचमा हामीलाई भित्र लगियो ढोकामा दुई लातले हिर्कायो र पछि आफै पहरीले माथि चढी खाली ठाउँबाट निहुरिएर हातले ढोका खोल्यो । मैले हेरे अनुसार शम्भुको टाउको माथितिर रहेको र गर्दनबाट टाउकोको बीच भागमा कपडाले लगाएको थियो । खुटा फुलेको थियो । हामीले रुदै कराउन थाले लगितै प्रहरीले तल ल्याए । त्यहाँ टोइलेटमा त्यस्तो कुनै समान हेरेको थिएन ।
३. शम्भु सदाको सासु तेतरी सदा ः जेष्ठ १२ गते दुर्घटना हुदाँ शम्भु सदा सहित बसेका कामदारहरु डरले भागे कि यहाँ रहियो भने मान्छेले मारिदिन्छ । बीच बाटोबाट आमालाई फोन गरी भन्यो आमा म सित गल्तीले दुर्घटना भयो के गरौ, साउजीले भन्दै छन् प्रहरी चौकीमा हाजिर हुन्नको लागी, चालक अनुमति पत्र छदैछ भाग्नु पर्दैन् । म जादैछु धनुषाधामको प्रहरी चौकीमा हाजिर हुन्न । बसेका सबै जना चारै तिर भागेका थिए । त्यही दिन धनुषाधाम प्रहरी चौकीमा हाजिर भए र त्यसको भोलिलगतै सबैला पठाईयो । त्यो दिन हामीलाई भेटन दिएन भाइरसको कारणले । साहुजीको भतिजाले हैन मेरो दमाद शम्भुले नै चलाई रहेको थियो गाडी । ज्ञज्ञ कामदारको नाम किन लेखाईयो थाहाँ भएन् । धरधम्की दिएर कामदारको नाम लेखाएको कुरा भन्नुभयो ।
४. प्रहरी चौकी रहेको सबैला नगरपालिका ३ का वडा अध्यक्ष सन्तोष साहः सबैला प्रहरी चौकीमा घटेको घटना हो । म सुतिरहेको बेलामा प्रहरी निरिक्षक चन्द्रभुषण यादवले फोन गरेको थियो । म गए थानामा र थानामा जादाँ खेरी भुण्डिएको देखे र त्यहाँ भरभलादमी रहेको थियो । पहिला प्र.नि. ले फोन गरेको पछि घुमुवा प्रहरीले फोन गरेको थियो । मुख्य गेटको ताल्चा खोल्यो र टोइलेटको गेटमा अरु भाग खाली थियो त्यसबाट हात छिराउन र मान्छे भित्र आउन जान सकिने थियो । भित्रबाट लागेको ढोकामा दुई पटक लातले हिर्कायो र माथि चढी हात पसाएर ढोका खोलियो । मुचुल्का उठाएको छ त्यसमा म हस्ताक्षर गरेका छु त्यही भएर मेरो पनि नाम जाहिरीमा राखेको होला ।
५. सबैला नगरपालिका—२ वडा अध्यक्ष पारस साह ः हाम्रो मातृका यादवले पनि छानविन समिती गठन हुनुपर्ने माग गरेका छन् त्यसैले मैले केही बोल्न मिल्दैन् । हो त्यति बेला मलाई प्रहरी चौकीबाट फोन आएको थियो त्यति बेला म सुतेको थिए र मलाई लिन घर सम्म लिन प्रहरीले गाडी लिएर आएको थियो । शवलाई खोल्ने बेला म पनि थिए ।
६. सबैला थानाका प्रमुख चन्द्र भुषण यादव ः डिएसपी साहेब सित सोध्नु ।
७. ट्रयाक्टर मालिक संजय साह ः शम्भु सदा मेरो ट्राक्टरको चालक थियो । शम्भुलाई मैले आफ्नो भाई जस्तै मान्थे । ट्राक्टरको सम्पूर्ण जिम्मा उसैमाथि छोडेको थिए । माटोको काम जाने भए आफैले माटो खोज्ने काम गर्थे । शम्भुसँग कहिले झगडा भएको थिएन । मोटा–मोटी बितेको दशैदेखि काम गरिरहेको थियो । जुन गाडी दुर्घटना भएको थियो त्यो दिन माटोमा गएको थियो । मेरै घरको मुसरटोलीमा दुखियाको घरमा माटो पुरिरहेको थियो । माटोको काम भैसकेपछि आफ्नै बालुवाको स्टकवाट एक टिप बालुवा भठियन खसाई दिने । शम्भुले भन्यो म नदी (धार) मा नै जान्छु । मैले भने ठिकै छ । गाडिमा तेल थिएन । रोयल्टीको रु ५०० दिए र तेल प्रविण (आयल निगमवाला) सँग लिईहाल्ने । यति कुरा भनेर म भठियन गए । पलम्बरको काम गर्नु थियो । भठियन ससुरालीमा नास्ता खाँदै थिए । हुरी–वतास जस्तो समय भएको थियो । त्यतिवेला नै फोन आयो । फोनमा शम्भु आतिएको जस्तो आवाज थियो । मवाट गाडि दुर्घटना भएको छ । फोनको नेटवोर्क राम्रो थिएन । आधि कुरा सुनिन्थ्यो आधि सुनिदैन्थ्यो । शम्भुले भन्यो गाडि दुर्घटना भएको छ ।म भागिरहेको छु । कता तीर भाग्दै छौ ? धनुषातीर भागिरहेको छु । त्यस पछि मैले फेरी फोन लगाउन प्रयास गरे । पानि पर्न थाल्यो । कुनै रिसपोन्स आइरहेको थिएन । केही समय पछि ज्ञद्द धनुषा ट्राफिकवाट फोन आयो । म धनुषा ट्राफिक कार्यालयवाट बोल्दै छुँ । तपाईको चालक यहाँ सरेन्डर गरेको छ । गाडि रघुनाथपुर क्याम्प निर दुर्घटना भएको छ । सुन्न वितिक्कै मेरो सातो गयो । त्यस पछि मैले को घाइते छ? कहाँ के भको छ ? सबै पतालगाउने काम गरे । रघुनाथपुरको एक जना महिला र एक जना बच्चि दुर्घटनामा परेका छन् । केहि समय पछि थाहा भयो महिलाको मृत्यू भैसकेको छ । बच्चाको खुट्टा भाचिएको छ ।हेर्न जान सकेनौ । पानि परिरहेको थियो । गाडि बालुवा लिन जाँदा मेरो कोहि मान्छे गाडिमा थिएन । सबै कुरा चालकलाई नै जिम्मा थियो । कसलाई वाटोमा राख्थ्यो वा राख्दैन्थ्यो त्यो कुरा मलाई थाहा हुँदैन्थ्यो । मेरो भतिजा जिवनभरीमा गाडिलाई छोएको पनि छैन । गाउँ समाजलाई थाहा छ । म आफै थिइन् प्रहरी चौकीमा जाँदा मेरो अगाडि यातना दिएको कुरा भन्दैन्थ्यो । तर, रुन्थ्यो । शम्भुले भन्थ्यो मलाई छुटाउनु । मैले भन्थे टेन्सन नलेऊ । एक जना घाइते भएको छ ।उसलाई निको भएपछि मात्रै कुनै उपाय हुन्छ । उनीहरुसँग कुरा गर्दैछु । मरेको व्यक्तिको परिवारसँग पनि कुरा गरिरहेको छुँ । मृत्यू संस्कार भैसकेपछि केही कुरा गरौला । मैले उनीहरुलाई भने कामकृया गर्न पैसा चाहियो भने भन्नुस । म दिन तयार छुँ । मृतकको परिवारले भन्यो अहिले लिदिन पछि सरसल्लाह गरौला । घाइतेवालालाई त्यही कुरा भने । एक्कैचोटी कुरा गर्ने भने । मलाई बचाइ दिनुस । मैले भने म बचाउ छुँ । मेरो गाडीको इन्सुरेन्स छ । तिमीलाई चालक अनुमति पत्र छ । चिन्ता लिने कुरै छैन् । २७ गतेको कुरा छ । मृत्यू भएको परिवार र घाइते भएको बच्चिको परिवार पनि चौकिमा आएको थियो । कुराकानी भयो । सहमतिमा आयो । घाइतेवालाको उपचार खर्च ७५००० रुपिया भएको छ । सबैको आगाडी मैले रु ७५,००० रुपिया घाइतेलाई दिए । सहमति भएर कागमा लेखापढि भएर हस्ताक्षर भयो । मृत्यू भएको हकमा दुई दिनमा इन्सुरेन्सको पैसा आउँछ । अदालतमा गएर सहि छाप गरेर पैसा दिने सहमति भयो । पुलिसले मसँग पैसा मागेको छैन् । सहमति भएको दिन शम्भुको आमाको फोन आयो । म र मेरो भतिजा शम्भुको घरमा गए ।उसनको आमाले भन्यो शम्भुलाई धम्काउछ । पैसा माग्छ । मैले भने तपाईसँग किन पैसा माग्छ । जब मैले सहमति अनुसार घाइतेलाई पैसा दिइसके । मृतकलाई प्रचलित कानुन बमोजिम अदालतमा गएर पैसा बुझाउने सहमति भैसकेको छ । तपाईसँग पैसा किन माग्छ । तपाई चिन्ता नगर्नुस । तपाईको छोरालाई तीनचार दिन भित्र छुट्छ । ज्ञघ २७ गते राती करिब ३ः०७ बजे चौकिवाट मलाई फोन आयो । मलाई चौकिमा आउन भनियो । मैले यति राती चौकिमा किन आउने भने प्रश्न गरे । संचो छैन् । शम्भु रुइरहेको छ । भेट गर्न आउनु पर्यो । म भतिजोलाई उठाएर भने चौकि जानु पर्यो । यसरी इन्सपेक्टरको फोन आएको छ । आउन भनि रहेको छ । म र भतिजो चौकिमा गए । चौकि गेटमा पुग्न पाएको छैन इन्सपेक्टरले भन्छ शम्भुको आमा र परिवारलाई बोलाएर ल्याउ । त्यतिवेला चौकिमा तीन चार जना नेताहरुलाई पनि देखे । म अहिले किन जाने बोलाउन । संचो छैन । रुइरहेको छ । बोलाएर ल्याउ । मैले भने एक्लै जाँदिन । मसँग दुई जना प्रहरी पठायो । हामीहरु मोटरसाइकलमा गए । शम्भुको आमालाई उठाए । मैले भने शम्भूको सञ्चो छैन् । रुइरहेको छ । भेट्न बोलाएको छ । शम्भुको आमाले आफ्नो बुहारी र सम्धिनीलाई पनि सँगै लिएर आए । गेटमा आउन बितिक्कै इन्सपेक्टरले शम्भुको आमालाई भने तिम्रो छोरा फसि लागेर आत्महत्या गरेको छ । सुन्न बितिक्कै सोच्न सकिन । मलाई त्यति याद त छैन् । अलि–अलि हल्ला हुन थाल्यो । शम्भुको आमा त्यति रुन थाल्यो । टोल–परोशको मान्छेहरु जम्मा हुन थाल्यो । त्यतिवेलासम्म करिब ४ः०० बजि सकेको थियो । नेताहरु पनि थियो । वडाअध्यक्ष पनि थियो । मेन गेटमा दुईवटा ताल्चा लागेको थियो । ट्वाईलेटको गेट लागेको थियो । गेटको माथि भेन्टिलेटर खुलै थियो । भेन्टिलेटरवाट हाथ घुसाउन सक्ने अबस्था छ । त्यस पछि खुट्टाले गेटमा हानियो । गेट खुलिहाल्यो । शम्भुको लास झुण्डिएको देखे । लास प्रखालको माथि भेनिटलेटरमा झुण्डिएको थियो । पिठ्यू प्रखालमा टासिएको थियो र अनुहार बाहिर पट्टी थियो । टाउको तल झूण्डिएको थिएन ।माथि उठेको थियो । मुखमा कपडा कोचिएको थियो । त्यो दिन देखि मेरो दिमागले काम गरिरहेको छैन् । स्वतनत्र छानबिन हुनु पर्छ । पिडितले न्याय पाउनु पर्छ । सबै कुरा मिलि सकेको थियो । तर, प्रहरी हिरासतमा शम्भुको हत्या किन भयो, बुझ्न सकेको छैन् ।
८. दलित अगुवा चन्देश्वर दास ः घटनाको प्रकृतिको अनुसार यो हत्या भएको हो। शम्भू सदाले आत्महत्या गरेको प्रहरीको भनाई छ। तर, आफ्नै सर्टले फाँसी कसरी लगाउन सक्छ ? आफ्नै सर्ट कसरी आफ्नै मुखमा हाले । त्यसकारण यो हत्या नै हो । प्रहरी प्रमुखले शौचालयको गेटको भित्रको चुकुल आफ्नै हातले बाहिरबाट खोले । यसको प्रमाणहरु मसँग छ । जसले बाहिरबाट चुकुल खोल्न सक्छ उसले मान्छे मारेर झुण्डियाएर बाहिरबाट बन्द पनि गर्न सक्छ । अहिले पीडित परिवारलाई धाकधम्की आइ रहेको छ । जाहेरीमा अयोधी यादवको छोरा र सांसद मातृका यादवको भाई कारी यादवको नाम छ । कारी यादव मृतकको घर परिवारका सदस्यलाई ज्ञद्ध भेटेर र विभिन्न माध्यमबाट प्रलोभन दिएका छन् । मेरो नाम जाहेरीमा नराखे आफूले पैसा दिने र इन्साफ दिलाउने भनेर शम्भूको परिवारलाई भनेका छन् । त्यसपछि साँझमा कारी यादवको श्रीमती पनि गएको थियो । त्यसकारण यो प्रष्ट हुन्छ कि यो हत्यालाई ढाकछोप गर्न कतै नकतै यिनीहरुले राजनीतिक दबाब बनाउँदैछन् ।
९. दिपनारायण दास, दलित अगुवा ः यो हत्या थिएन भने २–३ बजे राति प्रहरी र ट्रयाक्टर मालिकले किन बोलाएर लगे ? फाँसी लागेको व्यक्तिको जिब्रो निस्केको हुन्छ । तर, सम्भूको जिब्रो निस्केको थिएन। मुखमा लुगा कोचिएको थियो । फाँसी लाग्दा घाँटी बाँगिएको हुन्छ । तर, शम्भूको सिधा थियो । प्रहरी चौकीबाट लाश जनकपुर लग्दा शम्भूको परिवारका सदस्यहरुले हामी पनि जान्छौं भन्दा किन लगिएन । अरु मान्छेहरुको उपस्थितिमा मुचुलका उठाएको भए राम्रो हुन्थ्यो । यो घटनामा पीडित परिवारलाई अल्झाउन खोजिएको छ विभिन्न राजनीतिक दलका नेताहरुबाट। मातृका यादवका भाई कारी यादव, नेकपाको जिल्ला सचिव दिपक यादव पनि उनको परिवारलाई प्रभावमा पार्न गएको थियो ।
१०. बौवेलाल माझी, पूर्व शिक्षक ः प्रहरी हिरासतमा शम्भू सदाको हत्या नै भएको हो । शम्भूको लाशसँग उनको आमा र श्रीमती जान खोजेको थियो तर जान दिइएन । मुचुलका गरी दिउँसो पठाउनु पर्ने थियो तर राति नै पठाइयो । घटना भएपछि सबैला प्रहरी कार्यालयमा प्रहरी, जनप्रतिनिधिहरु र हामीहरुबीच सहमति भएको थियो। त्यही सहमति धनुषाको प्रमुख जिल्ला अधिकारीसँग पनि भएको थियो । पोस्टमार्टमा मुसहर समुदायको डाक्टर राख्ने सहमति भयो । सीडीयोले नै फोन गरेर त्यो डाक्टरलाई बोलाएको थियो । त्यो मुसहर समुदायको डाक्टर आउने वितिकै अस्पताल प्रशासनले पोस्टमार्टम गर्न मानेन् । सहमतिबाट बोली फेरे । यसमा हाम्रै क्षेत्रका उच्च नेता सांसदको हस्तक्षेप रहेको मलाई लाग्छ ।
७. घटनाको तथ्यहरु
१. प्रहरी हिरासत भित्र शरीरिक र मानसिक यातना दिएको
२. शम्भू सदालाई गाडीमा रहेका श्रमिकहरुले गाडी चलाएको भन्ने कुरा स्वीकार गराउन यातना दिइएको
३. मधेशका गरिब, निमुखा र दलितबाट प्रहरीले अनुचित रकम लिने परम्पराकै कारण शम्भूलाई पनि यातना दिदै प्रहरीले पैसाको माग गरेको
४. यातनाबाट मृत्यु भएपछि शैचालयमा झुण्ड्याएको
५. शौचालयमा झुण्ड्यिाइए पछि शौचालयको गेटमा रहेको भेन्टिलेशनबाट गेटको भित्री चुकुल लगाइएको
६. मृतकलाई झुण्डियाइएकोले मृतकको टाउको सिधा अवस्थामा रहेको
७. प्रमाण नष्ट गर्न कार्यालय प्रमुखलाई कार्यालयको जिम्मेवारी दिइ राखेको
८.प्रमाण नष्ट गर्न सीडीओ र पीडित पक्षबीच सहमति भएको बमोजिम पोष्टमार्टम गर्न नदिएको
९.घटना मिलाउन राजनीतिक दलका नेताहरु सक्रिय भएको
८. निष्कर्ष
ट्रयाक्टर दुर्घटनाका बेला सम्भू सदाले लाइसेन्स नभएको लेबरलाई ट्रयाक्टर चलाउन दिएर दुर्घटना गराएको आरोप लगाउँदै प्रहरीले सदालाई बारम्बार शारिरिक र मानसिक यातना दिएको । तत्पश्चात सदासँग पैसाको माग गरेको । र, सदाले पैसा दिन नसक्दा मृतक र गाडी मालिकबीच सहमति भइसकेको रात पैसा माग्दै यातना दिने क्रममा शम्भूको मृत्यु भएको । सम्भूको मृत्युपछि प्रहरीले शौचालयमा लगेर झुन्ड्याएको । र, शौचालयको गेटमाथि खाली रहेको भागबाट हात वा व्यक्ति पसेर शौचालयको भित्रको चुकुल लगाएको । देहातका प्रहरी गरिब र दलितहरुलाई डराई, धम्काई अनुचित पैसा लिनु तितो यर्थात हो । प्रहरी कार्यालयमा हुने मेलमिलापमा सहभागी प्रतिनिधिहरु पीडितबाट लेनदेन गरी प्रहरीलाई रकम बुझाउनु देहातको प्रबृति नै देखिन्छ । यस दुर्घटनामा पनि गाउँमा ट्रयाक्टर चलाउने चालकलाई यातना दिएर रकम असुल्ने प्रहरीको प्रबृति प्रष्टै देखिन्छ । प्रहरीबाट सुरक्षा महशुस गरिरहेको अवस्था देखिदैन ।
९. सुझाब
१. नागरिकको जिउ–धनको रक्षा गर्नु नेपाल सरकार प्रमुख दायित्व हुन्छ । प्रहरी हिरासतमा शम्भु सादाको शंकास्पद मृत्यु हुनु भनेको जघन्य मानव अधिकार, नागरिकको बाच्न पाउने अधिकारको घोर उलंघण हो । घटनाको सत्यतथ्य पता लगाउन स्वतन्त्र तथा निश्पक्ष छानविन समिति गठन गर्न जोडदार माग गरिन्छ ।
२. प्रहरी निरिक्षक चन्द्रभुषण यादवलाई अबिलम्ब निलम्बन गरी सत्य तथ्य छानविन गर्ने बाटो खुला गर्नु पर्ने ।
३. सबैलाको प्रहरी हिरासत भित्रमा शम्भु सदाको शंकास्पद हत्या भएकोले न्यायको लागि किटानी जाहिरी अविलम्ब दर्ता गरी छानविन शुरु गर्नु पर्ने ।
४. शम्भु सदा दलित समुदायको प्रतिनिधिमुलक व्यक्ति थियो । दलितमाथि योजनाबद्ध रुपमा जातिवादी सत्ता र समाजवाट जातिय बिभेद, अन्याय तथा अत्याचारको नजिर देशभर घटिरहेको घटनावाट प्रमाणित हुन्छ । शम्भु सदाको शंकास्पद हत्यामा जातीय मानसिकताले काम गरेको कुरा घटनाको प्रकृतिवाट प्रमाणित हुन्छ ।
५. दलितमाथि हुने गरेका यस्ता खालका श्रृंखलाबद्ध घटनाहरु अगामी दिनमा नदोहरिन दिनको लागि बिशेष रणनीति बनाई दलित अधिकारको संरक्षण, सम्मान र परिपुर्तिको प्रत्याभुति राज्यले गर्नु पर्छ ।
६. शम्भु सादाको हत्याको घटनामा संलग्नलाई बचाउन खोज्ने र घटनालाई तोडमोड गर्न खोज्ने वा कुनै माध्ययमवाट जातीय मानसिकतालाई प्रोत्साहन गर्ने, हत्यारालाई संरक्षण वा बचाउ गर्ने जो सुकैलाई पनि जातीय भेदभाव तथा छुवाछुत कसुर सजाय ऐन २०६८ बमोजिम कडाभन्दा कडा कानुनी कारबाही गरिनु पर्ने ।
७. पीडित परिवारलाई राज्यले उचित क्षतिपुर्तिको ब्यवस्था गरिनु पर्ने र परिवारको जीविकोपार्जन, शिक्षा र स्वास्थ्यको ब्यवस्था राज्यले गर्नु पर्ने ।
८. शम्भु सादा मधेशी दलित भित्र मुसहर समुदायको प्रतिनिधि थियो । मुसहर समुदायमाथि जातीय सत्ता र जातीय समाजबाट प्रणालिगत रुपमा जातिय बिभेदको सिकार हुँदैआएको छ । दलित समुदायलाई हत्या गर्ने मानसिकता जातिय मानसिकताको उपज हुन् । यस्तो किसिमको मानसिकताले गर्दा समाजिक न्याय, समानताको ओठे भाषण गर्ने स्वघोषित साम्यवादीहरुको जातिय मानसिकताले यस घटनालाई आत्म हत्या बनाउन सम्पूर्ण जातिय सत्ता लागिरहेको कुरा दिन्दनिय छ । ९. घटनाको निश्पक्ष तथा सुक्ष्म अनुसन्धान गरी मुलुकी अपराध (सहिता) ऐन, २०७४ को परिच्छेद १२ ज्यान सम्बन्धी कसुर अन्र्तगत दफा १७७ वमोजिमोजिमको कारवाहीको लागी सम्बन्धीत निकायलाई अनुरोध गर्ने, १०. घटनाको निश्पक्ष तथा सुक्ष्म अनुसन्धानको लागी राष्ट्रिय मानव अधिकार अयोगलाई एक उच्चस्तरीय अनुसन्धान टोली गठन गरी अनुसन्धान गर्नको लागी आयोगलाई अनुरोध गर्दछौं । ११. यो प्रतिवेदन प्रारम्भिक रहेको र सिमित श्रोत तथा नागरिक अधिकार प्रयोग गरी तयार पारिएको हुँदा थप अध्ययन र अनुसन्धान आवश्यक रहेको अध्ययन समितिको बुझाइसमेत रहेको छ ।
१०. तस्वीरहरु

तस्वीर १ : सम्भू सदलाई झुण्ड्याइएको शौचालयको भेन्लिेशनसहितको गेट ।
तस्बीर २ : शम्भू सदा शौचालयमा झुन्डिएको अवस्थामा ।