एसपी रिपोर्टर
जनकपुरधाम, असार १ : श्री जानकी मन्दिर प्रकरण शान्त भइसकेको बेला गौ संरक्षण मञ्च नेपालले पुनः मन्दिर प्रकरणको विषयमा जनकपुरधामको व्यापारीहरुलाई ध्यानाकर्षण गराउदै ज्ञापन पत्र बुझाएको छ । मञ्चका अध्यक्ष जगदिश महासेठले प्रलोभनमा परेर हिन्दु संस्कार र मन्दिरको परम्परा विपरित जानकी नवमीको अवसरमा मन्दिरमा केक चढाइएको र स्वघोषित रुपमा मन्दिरको उतराधिकारी भन्दै सहायक महन्थ राम रोशन दास व्यापक रकम हिनामिना गरेको तथ्यलाई छानविन गर्नुपर्ने मांग सहितको ज्ञापन पत्र बुझाएको हो ।
मञ्चले व्यापारीहरुको छाता संगठन नेपाल उद्योग बाणिज्य संघ प्रदेश नं. २, जनकपुरधाम उद्योग बाणिज्य संघ र चेम्वर अफ कर्मश प्रदेश २, धनुषा चेम्वर अफ कर्मशलाई ज्ञापन पत्र बुझाएको हो ।
माता जानकीको जानकी मन्दिर जनकपुरधामको मात्र नभई विश्वकै हिन्दुहरुको आस्थाको केन्द्र मात्र नभई जनकपुरधामका व्यापारीहरुको रोजीरोटीमा समेत चल्नमा समेत उहाँ प्रतिको आस्थानै मुख्य स्रोत रहेको भन्दै मञ्चको विज्ञप्तीमा आर्थिक हिनामिना, नियम निष्ठा विपरित हुने गरेको भनिएको कामहरुको शुक्षण अनुसन्धान गरि दोषीलाई कानुनी र कारवाहीको दायरा ल्याउनु पर्ने उल्लेख छ ।
माता जानकीको आर्शिवाद र अनुकम्पाले नै जनकपुरधाम अहिले यहाँ सम्म आइ पुगेको भन्दै मञ्चले अव जनकपुरधामवासी माता जानकी जीको मन्दिरको विकास र संरक्षणका लागि अगाडि आउनुपर्ने मञ्चका अध्यक्ष महासेठले बताए ।