एसपी रिपोर्टर
जनकपुरधाम, असार १ : प्रदेश २ सरकारले सिमानाकाहरुमा सयंमता अपनाउन र समझदारीका साथ कुनै कदम चाल्न नागरिक र सुरक्षाकर्मीलाई समेत आग्रह गरेको छ । प्रदेश २ सरकारका आन्तिरक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले एक विज्ञप्ती जारी गर्दै सर्लाहीको पर्सा गाँउपालिका वडा नं. ३ नरायणपुर स्थित नेपाल भारत सिमा नाकामा भएको घटनाले प्रदेश सरकार दुःखी र गम्भिर भएको उल्लेख छ ।
घटना पछि उत्पन्न तनाव समाप्त गरि सहज ढंगले सिमा व्यवस्थापनका लागि दुवै तर्फका सुरक्षाकर्मी सयंमता र समझदारी पुर्वक अगाडि बढनु पर्ने समेत विज्ञप्तीमा उल्लेख छ । सिमानाकामा बस्ने दुवै देशको नागरिक विच सदियौं देखि रोटीबेटीको सम्बन्ध रहेकाले समस्या समाधानका लागि दुवै तर्फका सुरक्षा निकाय द्विपक्षिय संवाद र उद्वार सहकार्यको विकल्प नरहेको समेत भनिएको छ । आवेग र अतिरञ्जनाले दुवै देशको अहित गर्ने भएकाले सजग र सयंमित रहन दुवै पक्षलाई प्रदेश २ सरकार विज्ञप्ती मार्फत आग्रह गरेको छ ।