एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ३२ : लायन्स क्लवहरुले संयुक्त रुपमा जनकपुरधाम स्थित विभिन्न अस्पतालहरुलाई स्वास्थ्य सुरक्षा समाग्री सहयोग गरेको छ । जनकपुरधाम स्थित शहिद गंगालाल हृदय रोग प्रतिष्ठान र श्री जानकी आँखा अस्पताललाई लायन्स क्लव अफ जनकपुर, लायन्स क्लव अफ जनकपुर जानकी र लायन्स क्लव अफ जनकपुर राजधानी संयुक्त रुपमा स्वास्थ्य सुरक्षा समाग्रीहरु प्रदान गरेको हो ।
फेस मास्क, पिपिई, सेनिटाइजर, गलभ्स, सर्जिकल र एन ९५ मास्क, कोलिन सहितका स्वास्थ्य सुरक्षा समाग्रीहरु प्रदान गरिएको जोन केयर पर्सन तथा कोभिड १९ संयोजक राम नगिना राउतले बताए । सवै लायन्स क्लवका अध्यक्ष, पदाधिकारी, पुर्व पदाधिकारीहरुले दुवै अस्पताल पुगेर सो सुरक्षा समाग्रीहरु प्रदान गरेका थिए । जोखिमका बिच अस्पतालमा कार्यरत चिकित्सक, नर्शहरुको सुरक्षा सर्तकतालाई ध्यानमा राख्दै समाग्रीहरु वितरण गरिएको क्लवहरुले जनाएको छ ।

समाग्री वितरण कार्यक्रममा विभिन्न लायन्स क्लवका प्रतिनिधीहरु मनिष रमण साह, रामबाबु गुप्ता, विधाकर प्रसाद साह, दिपेन्द्र कुमार सिंह, विश्वनाथ साह, ऋृषिकेश साह, लक्ष्मी साह, सुधिर पजियार, डा. अवधेश साह र सुधिर साह सहितको उपस्थिती थियो ।
