एजेन्सी
जेठ ३२ : बलीउडका उदयमान कलाकार सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् । भारतिय मिडियाहरुको अनुसार ३४ बर्षिय उनले मुम्बइको बान्द्रास्थित आफ्नै निवासमा झुन्डिएको अवस्थामा मृत भेटेका हुन ।
राजपूतले आफ्नै घरमा फाँसी लगाएर आत्महत्या गरेको बताइएको छ । उनको कोठाको ढोका तोडेर हेर्दा उनि झुन्डिएको अवस्थामा भेटिएको हो । भारतिय प्रहरीका अनुसार उनि केहि महिना अघिदेखी डिप्रेशनमा रहेका थिए । डिप्रेशनको औषधी लेखिएको केहि पुर्जाहरु घरवाट भेटिएको बताइएको छ । गएराती १ बजे साथीलाई फोन गरेको र साथीले फोन नउठाएको समेत अनुसन्धानमा खुलेको छ ।
सुशान्त बलीउडका निकै लोकप्रिय युवा कलाकार थिए । उनले आफ्नो करियरको शुरुवात टेलिभिजन वाट गरेका थिए । उनको पहिलो अभिनय ‘किस देश में है मेरा दिल’ नामक धारावाहिकमा थियो । तर उनले एकता कपूरको धारावाहिक ‘पवित्र रिश्ता’बाट चर्चा कमाएका थिए । यसपछि उनको फिल्म यात्रा शुरु भएको थियो । उनि केहि फिल्ममा प्रमूख भूमिकामा अभिनय गरी तारिफ पाएका थिए ।
फिल्म ‘शुद्ध देसी रोमान्स’मा उनि वाणी कपूर र परिणीति चोपडाको साथमा देखिएका थिए । उनले सबैभन्दा बढि फिल्मी चर्चा भने भारतीय क्रिकेट टीमका पूर्व कप्तान एम.एस. धोनीको बायोपिक फिल्ममा धोनीको चरित्र निभाएर पाएका थिए । नीरज पाण्डेद्वारा निर्देशित एम.एस. धोनीको बायोपिक सुशान्तको करियरको पहिलो फिल्म थियो जसले सय करोडको कलेक्शन गरेको थियो ।
यसका अलावा उनले फिल्म ‘सोनचिडिया’ र ‘छिछोरे’ जस्ता फिल्ममा पनि देखिएका थिए । उनको अन्तिम फिल्म केदारनाथ हो जसमा उनि सारा अली खानको साथमा देखिएका थिए । सुशान्तको आगामी फिल्म ‘किजी और मैनी’ हो, जसको केहि समय पहिले फष्ट लुक आएको थियो ।
उनको निधनमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी देखि मन्त्रीहरु सहित विभिन्न राजनितिक दलका शिर्षनेताहरु देखि भारतका कलाकारहरुले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।