एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ३२ : धनुषाको सबैला नगरपालिकामा प्रहरी हिरासतमा झुन्डिएको अवस्थामा मृत फेला परेको शम्भु सदाको हत्या नै गरिएको हुन सक्ने भन्दै पुर्व मन्त्री विश्वेन्द्र पासवानले उच्च स्तरीय छानबिन समितिको मांग गरेका छन् ।
हत्या भएको र पछाडी ढाकछोप गर्न झुन्डियाइएको हुन सक्ने दलित अधिकारकर्मीहरुले समेत आंशका व्यक्त गरिरहेका वेला बहुजन शक्ति पार्टी नेपालका अध्यक्ष तथा पुर्व मन्त्री पासवानले गृहमन्त्री रामबहादुर थापालाई भेटेर उच्च स्तरीय छानविन समितिको मांग गरेका हुन । दलित प्रती शृङ्खलाबद्ध रुपमा घटिरहेको घटना निन्दनीय रहेको र सरकारको दलित प्रतिको दृष्टि ठिक नरहेको प्रष्ट देखिन थालेको उनले बताए ।
पासवानले भने, ‘शम्भु सदाको हत्या नै गरिएको हुनु पर्दछ र ती हत्यामा संलग्न जो कोहि लाई कारबाहीको दायरामा ल्याउन उच्च स्तरीय छानबिन समिति बनाउनु पर्दछ ।’ पार्टीका नेता कार्यकर्ता सहित गृह मन्त्रालय पुगेर पासवानले ज्ञापनपत्र बुझाएका हुन । निश्पक्ष छानबिन गरि घटनामा संलग्न दोषीलाई कडा भन्दा कडा कारबाही र पीडित लाई तत्काल क्षतिपूर्ति नदिए कडा आन्दोलनको चेतावनी समेत उनले दिएका छन् ।