एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २९ : तिनै तहको सरकार कोरोना नियन्त्रण, व्यवस्थापन र जनतालाई राहत दिन नसकेर व्यापक भ्रष्टाचारमा लिप्त भएको भन्दै सरकार विरुद्व जनकपुरधाममा पनि युवाहरुले प्रदर्शन गरेका छन् ।
अनावयश्क रुपमा विश्वकै लामो ८० दिनको लकडाउन गरेर सदुपयोग गर्न नसकेको, पिसिआर परिक्षण गर्न नसकेको स्वास्थ्य जस्तो अति संवेदनशिल विषयमा समेत व्यापक भ्रष्टारचार गरेको आरोप लगाउदै विभिन्न राजनतिकिदल, संघ संगठनमा आवद्व युवाहरु समाजिक दुरी कायम गर्दै विरोध प्रदर्शन गरेका छन् ।
हेर्नोस भिडियो
उनीहरु सरकार सुविधा दिनुपर्नेमा उल्टै भ्रष्टाचार र कमाइ गर्न लागि परेको आरोप लगाएका छन् । प्रदर्शन को अगुवाई गरेका युवा अगुवा मनिष झा, तरुण दल धनुषाका उपाध्यक्ष राकेश विक्रम साह र धनुषा चेम्वर अफ कर्मशका वरिष्ठ उपाध्यक्ष सरोज मिश्रले लकडाउन गरेर अर्थ व्यवस्था धरासय भएपनि लकडाउन सदुपयोग नभएपछि व्यर्थ सावित भएको बताए ।
उनीहरु सरकारको विभिन्न कमिकमजोरी तथा बेतिथी उल्लेखित प्ले कार्ड बोकेर जनकचौकमा प्रदर्शन गरेका हुन ।