एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २८ : जनकपुरधाम उपमहानगरपालिका वडा नं. २३ बेलाकुट्टी नजिकैको सार्वजानिक जमिनहरु दिनदहाडै कब्जा गर्ने प्रयास भएको छ । साविकको विन्धी गाँउ र अहिलेको उपमहानगरको वडा नं. २३ स्थित सो जमिनमा आज मध्यान्ह साढे १२ बजे तिर मानिशहरु धमाधम साल खुट्टाहरु गाडदै जमिन कब्जाको प्रयास गरेका थिए । नजिकै रहेको जिरो माइल प्रहरी चौकीको प्रहरी भ्यान सहित त्यहाँ पुगेपनि मानिशहरु डोरी र साल खुट्टाहरुले जमिन अधिनमा लिदै गरेको तस्वीरमा देखिन्छ ।

प्रहरी चौकीका इन्चार्ज देवकुमार झाले आफु खवर पाएपछि त्याहाँ पुगेको र सम्झाई बुझाई गर्दा उनीहरुले सवै पिलरहरु उखेलेको बताए । उनले भने, ‘मैले पनि त्यसवारे बुझन वडा अध्यक्ष सत्रुधन पाण्डेलाई फोन गरे तर मोबाइल स्वीच अफ थियो, अनि सम्झाई बुझाइ गरेपछि सवैले आफै सालखुट्टाहरु उखेलिसकेका छन् ।’ बिघघौं बिघघा सो जमिनमा चरम राजनिति हुदै आएको स्थानियवासी बताउछन् ।
