एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २७ : नेपाल जेसीजको ‘मेरो देश म आफै बनाउछु’ अभियान अन्तर्गत देशका सातवटै प्रदेशका मुख्यमन्त्रीलाई एकैसाथ ज्ञापन पत्र बुझाइएको छ । सोहि क्रममा जेसीआई नेपालले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई समेत ज्ञापन पत्र बुझाएको छ ।
१८ देखि ४० वर्ष उमेर समुहका युवाहरुलाई विभिन्न प्रशिक्षण दिई नेतृत्व र दक्षताको अभिवृद्विको काम गर्दै आएको जेसीआई नेपालले कोरोना कहरका कारण भारत सहित विभिन्न देशहरुवाट नेपाल आउने युवाहरुलाई दिनुपर्ने विभिन्न तालिम, प्रशिक्षणमा सहकार्यको वातावरण मिलाएर देश बनाउन हातेमालो गर्ने वातावरण बनाउन सहितका मांगहरु गरेको छ । नेपाल जेसीजले अगाडि सारेको नेपाल जेसीजको कृषिमा युवा अन्तर्गत जेसीजका स्थानिय शाखाहरु काम गर्न तयार रहेकाले त्यसको लागि समेत उचित वातावरण बनाइदिन हुन सहितका विभिन्न सुत्रिय मांगहरु नेपाल जेसीजको ज्ञापनपत्रमा उल्लेख छ ।
जेसीआई नेपालका प्रमुख सल्लाहकार सिनेटर मनिष रमण साहको नेतृत्वमा जेसीआई जनकपुरधामका अध्यक्ष गौतम साह पुर्व अध्यक्ष सुधिर पजियार, शंकर साह, कार्यकारी उपाध्यक्ष आशुतोष साह, उपाध्यक्ष उपेन्द्र कुमार साह सहितको टोली मुख्यमन्त्री राउतलाई ज्ञापनपत्र बुझाएका हुन ।