एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २७ : नेपालको सवै भन्दा पुरानो र देशकै दोस्रो ठुलो पार्टी नेपाली कांग्रेस जिल्लै पिछे जिल्ला प्रशिक्षण शाखाको विस्तार गरिरहेको छ । धनुषामा समेत शाखाको गठन भएको छ । जिल्ला उपसभापति सन्तोष कुमार यादवको नेतृत्वमा १६ सदस्सीय शाखाको गठन भएको छ ।
शाखाको उपप्रमुखमा अशोक लाल कर्ण, सचिवमा धिरेन्द्र मोहन झा, सदस्यहरुमा जगत सुन्दर साह, सुदेश चौधरी, मदन घिमिरे, शिवशंकर यादव, बौएलाल मुखिया, राम अशिष महतो, सावित्री श्रेष्ठ, निता भारती गिरी, राम जुलुम यादव रहेका छन । साथै पदेन सदस्यहरुमा रेखा देवी साह, सुचित लाल मरिक, शिवजी राय र काशी नारायण श्रेष्ठ रहेका छन् ।
पार्टीलाई सुदृढ र सशक्त बनाउने अभिप्रायले देश भरिका कांग्रेस कार्यकर्तालाई प्रशिक्षण दिने भावले गठित प्रशिक्षण प्रतिष्ठानको भावना अनुसार धनुषामा पनि पार्टी विधानको धारा ३६ र नियमावलीको नियम ३३.३ अनुसार जिल्ला प्रशिक्षण शाखाको गठन गरि पदाधिकारी तथा सदस्यहरु मनोनयन गरिएको शाखाको प्रमुख चयन भएका यादवद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।