एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २७ : प्रदेश २ मा नेकपाका नेता प्रभु साह, भुमिव्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह र सोहि मन्त्रालयका राज्यमन्त्री योगेन्द्र राय यादव अहिले चर्चामा छन् । नेकपाका संघिय सांसद र पुर्व संघिय मन्त्री समेत रहेका साहले प्रदेश २ को कृषि मन्त्रालयमा व्यापक भ्रष्टाचार भइरहेको टिप्पनी गरेपछि माहोल तातेको थियो । सांसद साहले आफनै जिल्लावाट राज्य मन्त्री रहेका यादवलाइ संकेत गर्दै मन्त्रीहरुकै संलग्नतामा भष्ट्राचार भइरहेको समाजिक सञ्जाल सहितमा बताएका थिए ।
राज्यमन्त्रीको टिप्पनी हल्का र गैरराजनितिक भयो

तर रौतहटको ति दुबैजनाको प्रतिस्पर्धामा सप्तरीवाट प्रदेश सांसद समेत रहेका मन्त्री साह पिरोलिएका छन् । एसपी खवरसंगै कुराकानी गर्दै मन्त्री साहले रौतहटको प्रतिस्पर्धात्मक राजनितिका कारण राज्यमन्त्री यादवको हल्का टिप्पनीले आफुलाई दुःख लागेको बताए । उहाँहरुको जिल्ला स्तरमा प्रतिस्पर्धा होला तर आफनै पार्टीका राज्यमन्त्रीले भ्रष्टाचार भएको पुष्टी हुने गरे दिएको अभिव्यक्ति एकदमै गैरराजनितिक र हल्का रहेको उनले बताए ।
समाजिक सञ्जालमा भाइरल भएको अडियोमा राज्यमन्त्री यादवले भ्रष्टाचार भएको भएपनि सवै काम मन्त्रीले गर्ने हो भने आशयको अभिव्यक्ति दिएपछि उनकै पार्टीका नेता मन्त्री साह दुःख व्यक्त गरेका छन् । भ्रष्टाचार भनेर भाषण गरेर हुन्छ ? भ्रष्टाचार कुन शिर्षकमा कति, कहिले र कहाँ भएको ? प्रश्न गर्दै मन्त्री साहले भने, ‘प्रमाण छ भने छानविनका लागि सम्बन्ति निकाय छ, कानुनी प्रक्रिया छ, भाषण गरेर आरोप लगाएर हुन्छ ? ।’ उनले जिल्लाको राजनितिमा हुने प्रतिस्पर्धामा आफुलाई समेत जोडिएकोमा दुःख व्यतm गरेका छन् ।
राज्यमन्त्री यादव रौतहटका स्थानिय पत्रकार र नेताहरुसंगको टेलिफोन वार्तामा हाँस्दै भ्रष्टारचार त मन्त्रीले गर्ने हो राज्यमन्त्रीको के छ र ? आशयमा बोलेको अडियो टेपहरु अहिले समाजिक सञ्जालमा भाइरल भएको छ । राज्यमन्त्री यादवले जे गर्छ सवै मन्त्री नै गर्छ भन्ने हाँस्दै बोलेको अडियोमा सुनिन्छ ।
राज्यमन्त्री यादवको यस्तो तर्क
राज्यमन्त्री यादवले आफुले अफ द रेकर्ड बोलेको कुरालाई रेर्कड गरि सम्पादन गरेर प्रस्तुत गरिएको बताए । उनले आफु र मन्त्री शैलेन्द्र साह बिच बिबाद गराएर गोटी सक्ने उद्देश्यले अडियो प्रस्तुत भएको भन्दै अडियोको धेरै अंश हटाएर नियोजित रुपमा केहि कुरामात्र वाहिर ल्याएको दावी गरेका छन् ।