एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २६ : महोत्तरी निर्वाचन क्षेत्र नं ४ ‘ख’ को मनरा सिश्वा वडा नं. ६ जाऊख मा ६२ लाखको लागतमा पिसिसि ढलान सडक बन्ने भएको छ । साथै झिँगा स्थान देखि भत्रैनी पोखरी सम्म २५ लाखको लागतमा अर्को पिसिसि सडक समेत ढलान हुनेछ ।
प्रदेश २ का आन्तिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहाको संसदीय कोषको बजेटवाट जाउख देखि सरपल्लो जाने बाटोमा पिसिसि ढलानको काम हुने भएको छ । योजनाको सोमवार एक कार्यक्रमका बिच शिल्यानास गरिएको छ ।
राज्यमन्त्री कुशवाहा र सोहि क्षेत्रवाट संघिय सांसद समेत रहेको पुर्व स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले संयुतm रुपमा सडक निर्माण योजनाको शिल्यानास गरेका हुन । ६२ लाख को लागतमा १७ फिट चौडा सो बाटो पिसिसि ढलानका साथै अर्का झिँगा स्थान देखि भत्रैनी पोखरी सम्मको २५ लाखको लागतमा पिसिसि ढलान योजनाको समेत संयुक्त शिल्यानास गरिएको छ । शिल्यानास कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधीहरुको समेत सहभागिता थियो ।