एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २३ : विश्व पर्यावरण दिवसको अवसरमा प्रदेश २ को आठवटै जिल्लामा वृक्षारोपण गरिएको छ । आज प्रतिकुल मौसम र वर्षातका बाबजुद पनि मानव अधिकार एवं कैदी बन्दी न्यायिक सरोकार मञ्च प्रदेश २ को आयोजना, राष्ट्रिय युवा सञ्जालको समन्वय र जिल्ला बन बिभागको सहयोगमा प्रदेश २ को आठ वटै जिल्लामा वृक्षारोपण गरि दिवस मनाइएको छ ।

धनुषाको जनकपुरधाममा मञ्चका पदाधिकारीहरु रामानन्दचौक स्थित आमाको माया छात्रावासमा वृक्षारोपण गरेका छन् । प्रदेश सांसद एवं स्वच्छता अभियानी रामअशिष यादव, मञ्चका केन्द्रिय सहसचिव अभिषेक अग्रवाह, समाजसेवी प्रभु दयाल जालान सहितको उपस्थितीमा वृक्षारोपण कार्यक्रम गरिएको छ । साथै वृक्षारोपण कार्यक्रममा मञ्च, सञ्जाल र विभागका समेत प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
साथै प्रदेश २ का अन्य जिल्लाहरुमा समेत दिवसकै अवसरमा तत जिल्ला स्थित मञ्चका पदाधिकारी र सदस्यहरुले वृक्षारोपण गरेका छन् । तल हेर्नोस तस्वीर





