FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

प्रदेशसभाको चौथो अधिवेशन सुरु, पहिलो बैठकमा यस्तो छ कोरोना सम्बन्धी दलिय धारणा

सभामुखले पहिलो वैठकमा प्रदेश प्रमुखको पत्र पढेर सुनाए

प्रदेशसभाको चौथो अधिवेशन सुरु, पहिलो बैठकमा यस्तो छ कोरोना सम्बन्धी दलिय धारणा

पुरन रौनियार
जनकपुरधाम जेठ २१ गते :
प्रदेश २ प्रदेशसभाको चौथो अधिवेशन सुरु भएको छ । आज १ बजे बोलाइएको चौथो अधिवेशनको पहिलो पैठकमा कोरोना महामारीका कारण समाजिक दुरी कायम गरिएको देखियो । समाजिक दुरी मिलाउदै पलाष्टिकका कुर्सीहरुमा केहि सांसद, मुख्यमन्त्री र मन्त्रीहरुको सहभागितमा बैठक बसेको छ ।

पहिलो बैठकको सुरुमै सभामुख सरोज कुमार यादवले प्रदेश प्रमुखवाट चौथो अधिवेशन आवहान सम्बन्धी पत्र पढेर सुनाएका थिए । त्यपछि सभामुखले लोकतन्त्र, संघियता र प्रजातन्त्र प्राप्तीका लागि जिवन उत्सर्ग गर्ने ज्ञात अज्ञात शहिदहरु प्रति एक मिनेट मौन धारण गरि श्रद्धाञ्जली अर्पण गर्न सभालाई निर्देशन दिए ।

यस्तो छ चौथो अधिवेशनको प्रारम्भमा दलिय धारणा

त्यस लगतै चौथो बैठकमा सम्पुर्ण सदस्यलाई स्वागत गर्दै सभामुख यादवले प्रदेशसभाको चौथो अधिवेशन प्रारम्भ भएको अवसरमा प्रदेशसभालाई कसरी प्रभावकारी रुपमा आगाडी बढाउन सकिन्छ भन्ने विषयमा सर्व प्रथम समाजवादी पार्टीका संसदिय दलका नेता तथा मुख्यमन्त्री लालबाबु राउतलाई बोल्न समय दिए ।

विभिन्न आन्दोलनका शहिदहरु प्रति श्रद्धाञ्जली र घाइते, अपाङ्ग तथा बन्दी जिवन बिताइरहेकाहरुलाई स्मरण गर्दै आफनो मन्तब्य सुरु गरेका मुख्यमन्त्री राउतले कोरोना संक्रमणका कारण मृत्युवरण गरेकाहरु प्रति श्रद्धाञ्जली र संक्रमितहरुको स्वास्थ्यलाभको कामना गरेका छन् । आइशोसेलन र क्वारेन्टाइनमा विभिन्न असुविधा र पिडाका बिच पनि सरकारको नियम पालना गरिरहेकाहरुलाई मुख्यमन्त्री राउतले धन्यवाद र शुभकामना व्यतm गरे ।

देश वाहिरवाट आएकाहरुमा संक्रमणको सम्भावना धेरै रहेको भन्दै मुख्यमन्त्री राउतले उनीहरुलाई अहिले राखिएको विद्यालय, धर्मशाला सहितको सार्वजानिक स्थल र त्यसमा रहेको अव्यवस्थाहरु वास्तवमै विश्व स्वास्थ्य संगठनको मर्म विपरित रहेको स्वीकार गर्दै अभावको यस अवस्थामा तिनै तहको सरकार बिचमा समन्वय र सहकार्यको आवयश्कता रहेको बताए ।

वाहिरवाट आएकाहरुको पिडा देखिन नसक्ने किशिमको रहेको उनले बताए । संघिय सरकारले अभिभावको भ्ुमिका निर्वाह गर्न नसकेको उनको अरोप छ । प्रदेश सरकार हरसम्भव प्रयास गरेको उनको दावी छ । अढाई सय ३ सयको संख्यामा दैनिक संक्रमित बढिरहेपनि संघिय सरकार गम्भिर नभएको उनको आरोप । कोरोना नियन्त्रण र स्वास्थ्यको सवै पुर्वाधार तथा देश फर्केका बेरोजगारहरु नै अगामि बजेटको प्राथमिकता हुने उनले बताए ।

त्यसपछि बोलेका राजपा संसदिय दलका नेता तथा मन्त्री जितेन्द्र सोनलले कोरोना महामारीको नियन्त्रण, अहिलेको अव्यवस्था र वाहिर तथा देशभित्रका पनि जनताले भोग्न परेको पिडा नै बजेटको मुख्य अंश हुनुपर्ने बताए । त्यसपछि बोलेका नेकपाका सत्यनारायण मण्डलले प्रदेश सरकार कोरोना नियन्त्रण, आइशोलेसन तथा क्वारेन्टाइन व्यवस्थापनमा तदारुकता देखाउन नसकेको आरोप लगाए । उनले पनि अहिले कोरोनामै ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव दिएका थिए ।

कांग्रेसका राम सरोज यादवले पार्टीको तर्फवाट धारणा राख्दै गरिव दलित र विपन्नको पार्टी भनिने बामपन्थीको सरकार गरिव दलित र अभाव भएकाहरुका लागि के हो भन्ने कुरा प्रमाणित भएको बताए । उनले आफुहरुलाई विपक्षी नभई प्रदेश सरकारको मित्र रहेको आरोप लागिरहेको भएपनि संघियताको लागि कांग्रेस प्रदेश सरकारको मित्र बन्न तयार रहेको बताए ।

त्यस लगतै सभामुख यादवले प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवलाई अगामि बजेटको उद्देश्य, सिद्वान्त र कारण सम्बन्धमा बनेको प्रस्ताव पेश गर्न अनुमती दिएसंगै अर्थमन्त्री यादवले प्रस्ताव पेश गरे । मन्त्री यादवले बजेट नतिजामुखी बनाइने बताउदै कोरोना महामारी नियन्त्रण, स्वास्थ्य क्षेत्रको सुधार र स्वास्थ्य सम्बन्धी मौलिक हकको परिपुर्ती सहितनै बजेटको मुख्य अंश रहने बताए ।

जोखिम न्युनीकरणका साथै गुणस्तरीय स्वास्थ्यका लागि भौतीक पुर्वाधार र जनशक्तीको निर्माण गरिने बजेटको उद्देश्य र सिद्वान्तहरु मन्त्री यादवले पस्तुत गरे । जनकपुरधाम प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन पनि बजेट केन्द्रित हुने उनको प्रस्तावमा थियो । साथै सभामुखको अनुमतीमा मन्त्री यादवले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित आयोगको प्रथम प्रतिवेदन २०७६ समेत पेश गरे लगतै सभामुख यादवले जेठ २२ विहिवार दिउँसो ३ बजे पुनः बैठक बस्ने गरि बैठक सम्पन्न भएको घोषणा गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

पुरन रौनियार

पुरन रौनियार

वहाँ एसपी खवरको सञ्चालक तथा प्रधान सम्पादक हुनुहुन्छ । उहाँलाई सामाजिक संजाल फेसबुकमा भेट्न सक्नुहुन्छ ।

सम्बन्धित समाचार

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा
एस.पी. खबर विशेष

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

11 hours ago
बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम
अन्य

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

14 hours ago
मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन
एस.पी. खबर विशेष

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

15 hours ago
‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने
मधेश प्रदेश

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

15 hours ago
नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण
आर्थिक

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

15 hours ago
मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव
एस.पी. खबर विशेष

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

16 hours ago
चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण
एस.पी. खबर विशेष

चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण

16 hours ago
गान्धीको सांसद पद खारेज प्रकरण, कालो कपडामा लोकसभा पुगे कांग्रेस सांसद
अन्तर्राष्ट्रिय

गान्धीको सांसद पद खारेज प्रकरण, कालो कपडामा लोकसभा पुगे कांग्रेस सांसद

18 hours ago
चैती छठ पुजा, आज खरना विधी सम्पन्न भोली अस्ताउँदो सुर्यलाई अर्घ
एस.पी. खबर विशेष

चैती छठ पुजा, आज खरना विधी सम्पन्न भोली अस्ताउँदो सुर्यलाई अर्घ

2 days ago
नोएक्ष्या एडभरटाइजिङ्ग एण्ड मार्केटिङ्ग सर्भिसेजको तेस्रो शाखा
अन्य

नोएक्ष्या एडभरटाइजिङ्ग एण्ड मार्केटिङ्ग सर्भिसेजको तेस्रो शाखा

3 days ago

ताजा समाचार

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy