एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २० : निति तथा कार्यक्रम र बजेट ल्याउन भोली बुधवार प्रदेशसभाको बैठक डाएिको छ । तर सो बैठक भर्चुअल बैठक हुने छ । प्रदेशसभा सचिवालयले जनाए अनुसार उपस्थित हुन सक्ने सांसद भौतीक रुपमा पनि सहभागि हुन सक्ने छ । तर सचिवालयले उपलब्ध गराएको ल्यापटपको सदुपयोग गरेर भर्चुअल रुपमा समेत बैठकमा सहभागि हुन पाउने व्यवस्था गरिएको प्रदेशसभा सचिवालयका सहसचिव रञ्जित यादवले बताए ।
भोलीको बैठकमा सञ्चाकर्मीहरु सहितकाहरुलाई भने प्रवेश दिइने छैन । घर तथा कार्यालयमा बसेर युटुव तथा विभिन्न सञ्चारमाध्ममा हुने अनलाइनको माध्यमले समाचार सम्प्रेशन गर्न सकिने सचिवालयको भनाई छ । चौथो अधिवेशनका लागि प्रवेश कार्ड नविकरण नभएका कसैले पनि प्रवेश नपाउने यादवले बताए । उपस्थित हुन नसक्ने साँसदहरुलाई उपलब्ध गराएको ल्यापटप र प्रविधिको सदुपयोग गर्न आग्रह गरिएको छ ।
बुधवार दिउँसो १ बजे बोलाइएको बैठकमा खासै कुनै कार्यसुचि नरहेको यद्यपि चौथो अधिवेशन आवहान सम्बन्धि प्रदेश प्रमुखले पठाएको पत्र सभामुखले पढेर सुनाउने कार्यसुची भने तय छ । असार १ गते अगामि आर्थिक वर्ष २०७७÷०७८ को बजेट ल्याउनु पर्ने भएकाले जेठ २३ नभए २४ गतेको बैठकमा प्रदेश सरकार निति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ ।