FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

लकडाउनमा मनपरी, वडा कार्यालयले सेवाग्राहीहरुसंग अवैध रकम असुली गर्दै (भिडियो)

लकडाउनमा मनपरी, वडा कार्यालयले सेवाग्राहीहरुसंग अवैध रकम असुली गर्दै (भिडियो)

एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १९ :
धनुषाको बटेश्वर गापा–१ लक्ष्मीनिवासको वडा कार्यालयले सेवाग्राहीहरुसंग अवैध रकम असुली गरि रहेको खुलासा भएको छ । कोरोना भाइरस (कोभिड–१९)का कारण सरकारले गरेको लकडाउनले गर्दा प्रभावित जनताहरुले विभिन्न बैंकहरुमार्फत लिएको कृषि बैंकमा ब्याज अनुदान दिने आह्वान गरेको छ ।

बैंकबाट ब्याज अनुदानको लागि वडा कार्यालयले सिफारिस दिएवापत विना रसिद काटेर बटेश्वर गाउँपालिका वडा कार्यालय १ बाट सचिव शिला कुमारी र वडाध्यक्ष शैलेन्द्र कुमार महतोको मिलिभगतमा रकम असुली गरि रहेको सेवाग्राही रामउदगार महतोले आरोप लगाउनुभएको छ ।
जेठ १८ गते वडा नं. १ बाट ६३ वटा सिफारिस दिइएको छ, प्रति सिफारिस वडा सचिव र वडाध्यक्षले एक सय रुपैया असुली गरेको छ । सेवाग्राहीहरुसंग सिफारिस वापत रकम लिएपनि रसिद माग्दा वडा सचिवले सेवाग्राहीलाई कार्यालयबाट तुरुन्तै निस्कन धाक धम्की दिएको बटेश्वर १ का महाविर महतोले बताए । उनले भने आफुले सिफारिस वापत एक सय रुपैया दिँदा रसिद दिनुपर्ने माग गरेपछि आफुलाई रसिद नदिई तुरुन्त कार्यालयबाट निस्कन आदेश दिएकोे बताए ।

जनप्रतिनिबाटै घुस लिए वडा सचिव
बटेश्वर गापा –१ बाट प्रत्यक्ष निर्वा्चित वडा सदस्य पुष्पलाल महतोसंग समेत ६ वटा सिफारिस गरेको वापत ६ सय रकम वडा सचिवले असुली गरेको छ । वडा सदस्य महतोले भने आफुले सिफारिस वापत रकम लिए तुरुन्तै रसिद काटनुपर्ने अडान लिएपनि आफुलाई पैसा नदिए सिफारिस पेपर नदिने वडासचिवले अडान लिएपछि वडाध्यक्ष शैलेन्द्र महतोले नै प्रति सिफारिस एक सय रुपैयाको दरले दिन भनेपछि वडाध्यक्षसंग नै सापटी लिएर घुस दिएको बताएका छन् ।

वडाध्यक्षको मिलीभगतमा सचिवले रसिद नकाटि प्रति सिफारिस एक सय रुपैया असुली गर्दै आएको वडा सदस्य पुष्पलाल महतोको भनाई छ । लकडाउनका वेलामा सेवाग्राही तथा वडाका जनतालाई राहत दिनुपर्ने वेलामा वडाध्यक्षले आफु कार्यालयमा बसेर सेवाग्राहीबाट रकम असुली गरिनु गैर कानुनी भएको बटेश्वर गाउँपालिका कार्यकारी अधिकृत सावन कुमार चौधरीले बताए । कार्यकारी चौधरीले भने म अहिले बाहिर छु, सिफारिसवापत रकम लिएको भए तुरुन्तै सेवाग्राहीलाई रसिद दिनुपर्ने हो । यसो नभएको खण्डमा आफुले आवश्यक कारवार्ही गर्ने बताए ।

यता, बटेश्वर गापा वडा नं.१ का अध्यक्ष शैलेन्द्र कुमार महतोले लकडाउनको वेलामा बढी भिडभाड गर्न नहुने र सिफारिस लिनेहरुको संख्या धेरै भएपछि सचिवले रसिद काट्न नसकेको बताएका छन् । जेठ २३ गतेपछि सेवाग्राहीको रसिद काटने बताए ।

कार्यालय सहयोगीले सचिवको काम गर्दै

जेठ १९ गते वडा कार्यालयमा रसिद विना सिफारिस लिएका सेवाग्राहीले रसिद लिन आउने खवर पाएपछि एकाएक वडासचिव आफु विरामी भएको भन्दै कार्यालय नआएपछि कार्यालय सहयोगी सुशिल कुमारी महतोले कार्यालय संचालन गरेको छ ।
कार्यालय सहयोगीले सिफारिस लिन कार्यालयमा आएका सयौ जनाको सिफारिस पत्र तयार गर्दै प्रति सिफारिस एक सय रुपैयाको दरले रकम लिएको छ । कार्यालय सहयोगी सुशिल कुमारी महतोले भनिन् आफुलाई वडाध्यक्षले रकम लिन भनेकाले लिएर वडा सचिवलाई दिने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार
एस.पी. खबर विशेष

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार

15 hours ago
संघियता बचाई दिन मुख्यमन्त्रीले गुहारे राष्ट्रपति, राष्ट्रपतिको जवाफ मुख्य तिन नेतालाई भन्छु
आर्थिक

महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन हुँदा चौतर्फी उत्साह

16 hours ago
जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर
एस.पी. खबर विशेष

जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर

22 hours ago
साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन
एस.पी. खबर विशेष

साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन

1 day ago
मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित
मधेश प्रदेश

मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित

2 days ago
जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने
आर्थिक

जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने

2 days ago
नेपाल ईन्जिनियर्स एशोसिएसन मधेश समितिको आफनै भवन बनाउन पक्रिया सुरु
एस.पी. खबर विशेष

नेपाल ईन्जिनियर्स एशोसिएसन मधेश समितिको आफनै भवन बनाउन पक्रिया सुरु

2 days ago
राम युवा कमिटीद्वारा बौद्धी माता र अन्नपूर्णा अमरखाना माता पूजाका लागि उपसमिति चयन
अन्य

राम युवा कमिटीद्वारा बौद्धी माता र अन्नपूर्णा अमरखाना माता पूजाका लागि उपसमिति चयन

2 days ago
व्याहुत सुडी समाज मेमोरियल ट्रष्ट झटियाहीद्वारा परोपकारी काम
मधेश प्रदेश

व्याहुत सुडी समाज मेमोरियल ट्रष्ट झटियाहीद्वारा परोपकारी काम

2 days ago

ताजा समाचार

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार

महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन हुँदा चौतर्फी उत्साह

संघियता बचाई दिन मुख्यमन्त्रीले गुहारे राष्ट्रपति, राष्ट्रपतिको जवाफ मुख्य तिन नेतालाई भन्छु

जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर

साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन

मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित

जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy