एसपी रिपोर्टर
काठमाणडौँ , वैशाख ३ :सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाएको भन्दै निजी मेडिकल कलेजका आवासीय डाक्टरहरूले बुधबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका छन्।
मन्त्रीपरिषद्बाट सेवा सुविधा दिने निर्णय भए पनि कार्यान्वयन नभएको भन्दै उनीहरूले आन्दोलन चर्काएका हुन्।चिकित्सा शिक्षा आयोगले तोकेको आठौँ तहको तलब संरचना कार्यान्वयन गर्न र शैक्षिक प्रगतिको सुनिश्चितताका लागि पहल गर्न माग गर्दै डाक्टरहरूले प्रदर्शन गरेका छन्। दुई महिना अघि पारित तलब संरचना मेडिकल कलेजहरूले पालन नगरेको र कलेज प्रशासनको बेवास्ताका कारण आन्दोलनमा उत्रनु परेको उनीहरूको भनाइ छ।
सरोकारवाला निकायले चासो नदेखाए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत आवासीय डाक्टरहरूले दिएका छन्।