एसपी रिपोर्टर
काठमाणडौँ , वैशाख ३ : लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले पूर्वराजा ज्ञानेन्द्र शाहको नेपालमा अब कुनै अस्तित्व नरहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय बबरमहलमा आयोजित नयाँ वर्षको शुभकामना कार्यक्रममा उनले पूर्वराजा शाहलाई संसदीय व्यवस्था मानेको देखाए पनि बदमासी गर्ने प्रयास गरिरहेको आरोप लगाए।
ठाकुरले पूर्वराजा शाहलाई “राजा नै नभएको व्यक्ति” भनी टिप्पणी गर्दै उनले दिएको नयाँ वर्षको शुभकामना आपत्तिजनक रहेको बताए। साथै, उनले आफूहरू अझै पनि संघर्षमै रहेको र माईतीघर मण्डलाजस्ता स्थानहरूमा निरन्तर प्रदर्शन भइरहेका उदाहरण प्रस्तुत गरे।