एसपी रिपोर्टर
काठमाणडौँ , वैशाख ३ : नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा आज बारा पुगेका छन्। उनी काँग्रेस बारा क्षेत्र नं. ३ को क्षेत्रीय सम्मेलन उद्घाटन गर्न जीतपुरसिमरा उपमहानगरपालिका–१८ स्थित वडहर्वा खेलमैदान पुगेका हुन्।
सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको क्षेत्रीय सभापति प्रभातकुमार चौरसियाले जानकारी दिए। उनका अनुसार पाँच हजारभन्दा बढी सहभागी अट्ने पण्डाल निर्माण गरिएको छ र खानाको व्यवस्था पनि मिलाइएको छ।महामन्त्री थापालाई स्वागत गर्न हजारौं नेता–कार्यकर्ताले सिमरा विमानस्थलदेखि खेलमैदानसम्म मोटरसाइकल र अन्य सवारीसाधनसहित स्वागत यात्रा गरेका थिए। स्वागतको नेतृत्व महासमिति सदस्य नवराज बहादुर खड्काले गरेका थिए। थापाले सम्मेलन उद्घाटन गर्दै सम्बोधन गर्ने कार्यक्रम रहेको छ।