एसपी रिपोर्टर
काठमाणडौँ , वैशाख ३ : मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराजमाथि एक महिलामाथि दुव्र्यवहार गरेको आरोप लागेको छ। उक्त घटनाबारे काठमाडौंस्थित जिल्ला प्रहरी परिसर भद्रकालीअन्तर्गतको महिला सेलले अनुसन्धान सुरु गरेको छ।
परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले अहिराजमाथि अनुसन्धान भइरहेको पुष्टि गरे पनि घटनाको विवरण खुलाइएको छैन। “अनुसन्धानको विषय भएकाले अहिले थप जानकारी दिन सकिने अवस्था छैन,” उनले भने।
दुव्र्यवहारको प्रकृति र समयबारे प्रहरीले केही सार्वजनिक गरेको छैन। अहिराजलाई सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन, मोबाइल पनि बन्द रहेको छ।
साभार : अनलाइनखबर