एसपी रिपोर्टर
काठमाडौँ , वैशाख ३: मधेश प्रदेश सरकारअन्तर्गतको सामाजिक विकास इकाई, राजविराज कार्यालयमा जनमत पार्टीका नेता तथा पूर्वमन्त्री महेशप्रसाद यादवले ताला लगाएपछि ६ दिनदेखि काम ठप्प छ।
पूर्वमन्त्री यादवले योजनाका चिठीहरू अनियमित रूपमा वितरण भइरहेको आरोप लगाउँदै गत शुक्रबार कार्यकर्तासहित कार्यालयमा तालाबन्दी गरेका हुन्। कार्यालय प्रमुख सुशिलकुमार झाले चिठी सिधा वडा कार्यालयमा पठाउने प्रक्रिया रहेको बताए पनि यादवले चिठी बाटोमै घुमाइएको भन्दै आपत्ति जनाएका छन्।प्रजिअलाई साँचो बुझाउन खोज्दा अस्वीकार भएपछि यादव आफैं चाबी लिएर हिँडेका हुन्। ताला लागेकै कारण योजनासम्बन्धी पत्राचार रोकिएको छ। प्रमुख जिल्ला अधिकारीले सरकारी कार्यालयमा ताला लगाउनु गैरकानुनी भएको भन्दै छलफल भइरहेको जानकारी दिएका छन्।