एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ३ : वि.सं.२०२५ साल पुष ६ गते तत्कालिन नेपाली कांग्रेसका शिर्ष दिगज्ज नेता नेता गणेशमान सिंहले शिलान्यास गरेको स्व.राम नारायण मिश्रको स्मती भवनको बुधवार निर्माण शुभारम्भ भएको छ । २०२४ पुष ६ मा मिश्रको निधन भएपछि उनको पहिलो स्मृती दिवस २०२५ पुष ६ गते स्मृती भवन निर्माणको संकल्प लिइएको थियो ।
बुधवार हिन्दु विधी अनुसार गंगासागरको पुर्व किनारा (स्व.मिश्रको समाधि स्थल) मा स्मृती भवन निर्माण कार्यको पुजन विधि गरि शुभारम्भ गरिएको छ । प्रदेश सांसद रामसरोज यादव, जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, वडा अध्यक्षहरु, प्रदेश सदस्य जिवनाथ चौधरी, मनोज चौधरी, प्रमोद चौधरी सहितको उपस्थितीमा वरिष्ठ डा. तथा तमलोपाका वरिष्ठ नेता डा. विजय सिंहले पुजन विधी गरि निर्माण कार्य शुभारम्भ भएको हो ।
प्रदेश सांसद यादवले जचुकाली जस्ता धरोहर स्थापना गरि जनकपुरधामलाई सो समयमा राजनीतिक मात्र होइन आर्थिक रुपमा समेत सवल र स्थापित बनाउन दुरदृष्टिका साथ समाजिक काम गरेका विकास पुरुष स्व. मिश्रको नाममा बन्न लागेको आधुनिक स्मृती भवनले गंगासागरको सौन्दर्य बढाउने बताए ।
छेउमै विरोधका नारा

पूजन विधि हुदै गर्दा निर्माण स्थलको दक्षिण छेउमै विरोधका स्वरहरु पनि गुञ्जिरहेको छ । एमाल नगर कमिटिका सचिव राजु कुमार साह सहित एमाले सहितका समुह स्व. मिश्रको स्मृती भवन बन्नु पर्ने तर अर्को ठाँउमा बनाईनु पर्ने तर्क सहित समय समयमा नारावाजी गरिरहेका छन् ।
त्यसो भए यस अघि गंगासागरको डिलमा संरचनाहरु कसरी बन्यो ?
स्व. मिश्रको स्मृती भवनको काम सुरु भएपछि बादबिबाद भइरहेको छ । एकपक्षले गंगासागरको डिलमा यो संरचना बन्नु हुदैन भनिरहँदा गंगा सागरको अन्य कुनै पनि डिलहरु संरचना रहित छैन । गंगासागरको पश्चििमी डिलमा पनि पुस्तकालय, न्यु मिलिनियम लेखिएको विद्यालयको भवन, आरती स्थलको धर्मशाला, दक्षिणी शनिदेवको मन्दिर छेउमै दुई तल्ले भवन सहितका संरचनाहरु यस अघि पनि गंगासागरको डिलमै बनाईको देखाउदै निर्माण पक्षले विकासको विरोध अनावश्यक रहेको बताउछन् ।
गंगासागरको अन्य डिलहरुमै यसअघि बनाइएका संरचना

आवागमणमा कुनै पनि समस्या नहुने, आधुनिक सौन्दर्यता थपिने भएकाले बरु साँझ बस्न र घुम्नका लागि रमनीय स्थलनै बन्न लागिरहेको निर्माण पक्षको दावी छ ।