एसपी रिपोर्टर
जनकपुरधाम , वैशाख ३ : नेपाल विद्युत प्राधिकरणको ढल्केवर ग्रिडमा आगलागी भएपछि आज बिहानदेखि धनुषा र महोत्तरी जिल्लाको विद्युत सेवा अवरुद्ध भएको छ।
प्राधिकरणका अनुसार आज बिहान साढे ७ बजे ग्रिडभित्र केबल, ब्रेकर र एमसिटी (MCT) जस्ता उपकरणमा विद्युत सर्ट भएर आगलागी भएको थियो। आगो लगभग एक घण्टामै नियन्त्रणमा आएको प्राधिकरणका प्रादेशिक कार्यालय प्रमुख शम्भु कुसियैतले जानकारी दिए।घटनापछि सर्लाही जिल्लामा पनि विद्युत आपूर्ति प्रभावित भएको थियो। तर, वैकल्पिक फिडमार्फत त्यहाँ सेवा पुनः सुरु गरिएको कुसियैतले बताए।
ढल्केवर ग्रिडमा बिहान साढे ८ बजेदेखि मर्मत कार्य सुरु गरिएको छ। “आज साँझसम्म धनुषा र महोत्तरीमा पनि विद्युत सेवा पुनः सुचारु हुने अपेक्षा छ,” कुसियैतले जानकारी दिए।