एसपी रिपोर्टर
काठमाणडौँ , वैशाख २ : त्रिभुवन विश्वविद्यालयले आजदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अनलाइनमार्फत उपलब्ध गराउने भएको छ।
गएको वर्षदेखि सुरु गरिएको यो सेवा प्राविधिक कारणले केही समय स्थगित भए पनि अब पुनः नियमित रूपमा सञ्चालनमा आएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।कार्यालयद्वारा जारी सूचनामा आजदेखि अनलाइनमार्फत ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको लागि आवेदन दिन सकिने उल्लेख छ। साथै, अन्य सबै सेवा पनि आउँदो जेठ १५ गतेदेखि अनलाइन प्रणालीमार्फत उपलब्ध हुने जनाइएको छ।