एसपी रिपोर्टर
काठमाणडौँ , वैशाख २ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झण्डै सात किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
विमानस्थल सुरक्षा प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौँरका अनुसार पक्राउ पर्ने व्यक्ति २७ वर्षीय भिसाक भिजयन हुन्। थाई एयरको उडानमार्फत बैंकक हुँदै गएराति नेपाल प्रवेश गरेका भिजयनको लगेज जाँचका क्रममा ६ किलो ९७० ग्राम गाँजा फेला परेको हो।भिजयनलाई थप अनुसन्धानका लागि लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर पठाइएको प्रहरीले जनाएको छ।