एसपी रिपोर्टर
काठमाणडौँ , वैशाख २ : शिक्षकहरूले उठान गरेका मागहरूबारे अर्थ, गृह र शिक्षा मन्त्रालयबीच संयुक्त छलफल भएको छ। अर्थ मन्त्रालयमा आयोजित उक्त बैठकमा शिक्षामन्त्री विद्या भट्टराई, गृहमन्त्री रवी लामिछाने र अर्थमन्त्री जनार्दन शर्मा सहभागी थिए।
शिक्षकहरूले विगतमा पेश गरेका २४ बुँदे ध्यानाकर्षण पत्रमा समेटिएका मागहरू अझै सम्बोधन नभएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन्। मागहरू सम्बोधनमा शिक्षा मन्त्रालय र मन्त्रिपरिषद्ले अपेक्षित पहल नगरेको भन्दै उनीहरूले आपत्ति जनाएका छन्।शिक्षकहरू हाल थप संघर्षका कार्यक्रम घोषणा गर्ने तयारीमा रहेका छन्। शिक्षामन्त्री भट्टराईलाई बुझाइएको ध्यानाकर्षण पत्रमा उठाइएका प्रश्नहरूको उत्तर अहिलेसम्म नपाएको उनीहरूको भनाइ छ।