एसपी रिपोर्टर
पर्सा, वैशाख १ : नेपाली कांग्रेसका नेताहरूले भारतीय मिडियाले नेपालको पूर्वराजालाई समर्थन गर्दै आन्तरिक राजनीतिमा हस्तक्षेप गरिरहेको भन्दै पर्सा जिल्ला प्रशासन कार्यालयमा औपचारिक रूपमा प्रतिबन्धको माग गरेका छन्।
नेताहरूले भारतीय मिडियाले समाजमा भ्रम र द्वन्द्व सिर्जना गर्ने प्रयास गरेको आरोप लगाउँदै त्यसप्रति गम्भीर आपत्ति जनाएका छन्। यसै सन्दर्भमा, हालै पर्सामा सम्पन्न हनुमान जयन्तीको शोभा यात्राका क्रममा भएको अप्रिय घटनाले पनि कांग्रेसको ध्यानाकर्षण भएको जनाइएको छ।कांग्रेसले उक्त घटनाका दोषीमाथि कानूनी कारबाहीको माग गर्दै प्रशासनलाई ज्ञापनपत्र बुझाउने तयारी गरिरहेको छ।
लोकतान्त्रिक मूल्य र राष्ट्रिय स्वाधीनताको संरक्षणका लागि सरकारले ठोस कदम चाल्नुपर्ने माग कांग्रेस नेताहरूले गरेका छन्।