एसपी रिपोर्टर
काठमाणडौं, वैशाख १ : प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै नयाँ ऊर्जा, संकल्प र सम्भावनाको खोजी गर्न आग्रह गरेका छन्।
उनले नयाँ वर्षले आशा, उत्साह र सकारात्मक सोचको विकास गर्न प्रेरणा दिने विश्वास व्यक्त गर्दै, समृद्ध राष्ट्र र सुखी जनताको साझा लक्ष्यमा सबै नेपालीको साझा प्रयास आवश्यक भएको बताएका छन्।ओलीले कठिनाइका बाबजुद हासिल उपलब्धिलाई आधार बनाएर उज्यालो भविष्यतर्फ अगाडि बढ्ने विश्वास पनि व्यक्त गरे।