एसपी रिपोर्टर
जनकपुरधाम, चैत्त ३१ : जनकपुरधामको चुरोट कारखानाका संस्थापक मध्येकका समाजसेवी नेता भनेर सर्वस्वीकार्य व्यक्तित्व स्व.रामनारायण मिश्रका पारिवारिक सदस्य समेत रहेका वरिष्ठ चिकित्सक डा. गौरांग मिश्रले आफनै लालपूर्जाको जग्गामा पनि भोगचलनमा अवरोध हुनु आश्चर्यजनक रहेको बताएका छन् ।
कुनै नयाँ कानुन पो आएको हो कि ? प्रश्न गर्दै वरिष्ठ डा. मिश्रले संघिय लोकतान्त्रिक गणतन्त्रमा पनि कसैको आफनो जग्गा पनि भोगचलनमा अवरोध हुनु चिन्ताजनक रहेको बताएका छन् । प्रजातन्त्रमा यस्तो हुनु दुःखद हो उनले बताएका छन् । सो जग्गामा सडक बनाउँदा समेत आफुहरुले निवेदन दिएको स्मरण गराउँदै उनले फोहर फ्याकिरहेको कसैको खाली जमिन पछि गएर फोहर फ्याक्नकै लागि सधै पाउनुपर्ने भन्ने सरह काम अहिले भइरहेको तर्क गरे ।
२ कठ्ठा १३ धुर ३ कन्मा जग्गा आफनो बाजेको नाउँमा रहेकोमा पछि बुवा र काकाको नाउँमा आधा आधा भागबण्डा भएर आएको सुनाउलै डा. मिश्रले जचुकाली सहित तिन तिनवटा आर्थिक उन्नतीका भण्डारी उद्योगहरु मधेशमा स्थापना गर्न लगाएर पार्टीमा पनि गाली र दबाब सहेका स्व. मिश्रको शालिकमा झिकिएको बखेडाले जनकपुरधामको विकास किन भएन ? भन्ने कुराको प्रमाण रहेको बताए ।